१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

भीष्मकुमार भुसालको ९० दिनः रोकिएका विपद्जन्य कार्य सम्पन्न, नीति निर्माण र कार्यान्वयन तथा पुनर्निर्माणमा तिब्रता

भीष्मकुमार भुसालको ९० दिनः रोकिएका विपद्जन्य कार्य सम्पन्न, नीति निर्माण र कार्यान्वयन तथा पुनर्निर्माणमा तिब्रता
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विगतमा रोकिएका विपद् पछिको पुनर्निर्माण कार्यलाई तिब्रता दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आएका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले पद सम्हालेको ९० दिनमा विपद्पछिको पुनर्निर्माण, राहत वितरण तथा अस्थायी आवास गृह निर्माण र क्षति संकलनमा उल्लेख्य प्रगति हासिल गर्नुभएको हो ।

विगतमा रोकिएका विपद् पछिको पुनर्निर्माणकार्य, राहत वितरण, नीति निर्माणदेखि आपतकालिन सामग्रीहरुको गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण लगायत र क्षति आँकलनका कामले तिब्रता पाएका छन् । २०७९ र २०८० सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण र पुनस्र्थापनालाई तिब्रता दिँदै जाजरकोट, अछाम र बझाङ जिल्लामा ‘जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई’ स्थापना गरि काम गरिएको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका आपतकालीन सामाग्रीका गोदामहरू पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । भुसालले सिईओ पद सम्हाले यता पश्चिम नेपाल भूकम्प तथा बाढीजन्य विपद् पुनर्निर्माण तथा पुनर्लाभ योजना २०८१/८२–२०८३/८४ स्वीकृत भएको छ । सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, निजी आवास पुनर्निर्माण अनुदान कार्यविधि, सञ्चार रणनीति, आपतकालीन गोदाम सञ्चालन कार्यविधि लगायत नीति निर्माणमा समेत प्राधिकरणले उल्लेखनीय प्रगति गरेको छ । न्युज एजेन्सी नेपालका संवाददातासँग संक्षिप्त कुरा गर्दे प्राधिकरणका कार्यकारी प्रमुख भुसालले अधिकार सहितको सिईओको २ महिना र नेतृत्वको ३ महिनाको समयमा लामो समयदेखि अड्किएका थुप्रै काम सम्पन्न गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘प्राधिकरणमा मेरो नेतृत्वको ९० दिन र अधिकार सहितको सिईओको ६० दिन काम गर्यौ । यसमा विगतदेखि अड्किएका डोटी, बझाङ र जाजरकोट भुकम्पको विस्तृत क्षति आँकलन, दोस्रो र तेस्रो किस्ता वितरण, स्थायी आवास पुर्ननिर्माणका र मनसुनजन्य विपद् पछिको पुनर्निर्माणको खाका तयार गर्नुपर्ने थियो । यसभन्दा धेरै पहिले देखिका मनसुनजन्य विपद् , आगलागिजन्य विपद्मा घरवास गुमाएका व्यक्तिहरुको आवासको पुनःनिर्माणको रकम वितरण पनि बाँकी रहेको अवस्था थियो । हामीले काम सुरु गर्ने बेलामा ७७ सालमा पहिलो किस्ता लिएर अर्को किस्ता लिन बाँकी रहेका विषयहरु पनि थिए । ती सबै कुराहरुलाई सम्पन्न गर्ने प्रक्रिया शुरु ग¥यौँ । डोटी भुकम्पको किस्ता वितरण शुरु ग¥यौँ, जाजरकोट भूकम्पको करिब १७ हजार घर परिवारका विस्तृत क्षति आँकलन भइसकेको छ ।’

‘अहिले पनि ९८ जना इन्जिनियरहरु फिल्डमा नै काम गरिरहनुभएको छ । हामीले ढिलोमा बैशाख १५ मा काम सकाउने लक्ष्य राखेका छौ । स्थानीय, प्रदेश सरकारलाई बलियो बनाउनका लागि स्थानिय विपद् तथा जलवायु उत्थानशिल कार्यढाँचा तयार गरेर पालिकाका लागि गाईडलाईन बनाउनुको साथै विपद् स्वयम् सेवकको तालिमका लागि आधारभूत पाठ्यक्रम पनि बनाएका छौ । यसैबीचमा मनसुनजन्य विपद् र समग्र विपद्को पुर्नलाभ कार्यढाँचा पास भएको छ । यो ढाँचा पास भएपछि गएको मनसुनजन्य विपद्मा क्षति भएका ठूला ठूला पुल र सडकको पुर्ननिर्माणको काम सुरु भईसकेको छ । समग्रमा विगतको विपद्को पुर्ननिर्माण र मनसुनजन्य विपद्को पुर्ननिर्माणका अड्किएका कामहरु सबै सुरु भएका छन् । आपतकालिन सामान राख्ने गोदामघरहरु पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने काम भएको छ । स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउदै लैजाने र सबै विपद्मा विगत देखि रोकिएका कामहरुलाई सम्पन्न र सुचारु गर्ने कामहरु यो बीचमा भएका छन् । ’

भुसालको नेतृत्वको समयमा डोटी भूकम्प प्रभावित ९ हजार ६८२ लाभग्राही पहिचान गरी अनुदान सम्झौता गरिएको छ । माघ २ गते डोटीबाट र फागुन २२ र २४ गते क्रमशः डडेल्धुरा र अछामबाट पहिलो किस्ता वितरण गरिएको थियो । जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षति आँकलन तीव्र गतिमा भइरहेको छ । अहिलेसम्म १७ हजार घरहरूको विस्तृत आँकलन पूरा भइसकेको छ ।

सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समिति, नगर प्रहरी लगायतलाई विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम सञ्चालन र लमजुङको पहिरो प्रभावित क्षेत्रको स्थलगतअध्ययन समेत प्राधिकरणले गरेको छ । भुसालको नेतृत्वमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार बजेट निकासा र कार्यान्वयन प्रक्रिया समेत अघि बढाइरहेको जनाएको छ ।

यसैबीच सरकारले सोमवार प्राधिकरणको कार्यकारी प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य दिनेश भट्टलाई नियुक्त गरेको छ । उहाँले पदभार सम्हाल्न बाँकी छ । यसअघि अनिल पोख्रेलको कार्यकाल सकिएपछि सरकारले सहसचिव भुसाललाई प्राधिकरणको कार्यकारी प्रमुख बनाएको थियो ।