
एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली अभिनयमा डेब्यु गर्दैछन् । उनी चाँडै नै नेटफ्लिक्सको वेब सिरिज ‘खाकीः द बेङ्गाल च्याप्टर’ मा देखिनेछन् ।
हालै एउटा प्रमोशनल भिडियो सार्वजनिक भएको छ, जसमा उनी प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।
स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सोमबार एक भिडियो जारी गर्यो । यस भिडियोमा सौरभ गांगुली पुलिसको पोशाक लगाएर अपराधीहरूलाई पक्रन लठ्ठी चलाउँदै गरेको देखिन्छ ।
सौरभ गांगुली ५२ वर्षको उमेरमा अभिनेताको रुपमा डेब्यु गर्दैछन् । क्रिकेटरको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सौरभको डेब्यू अभिनयबाट फ्यानहरु निकै खुसी र उत्साहित छन् ।
द बेङ्गाल च्याप्टर मार्च २० मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।
केहीदिन अघिमात्रै अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नर क्रिकेटपछि अब फिल्म क्षेत्रमा देखिने खबर आएको थियो ।
वार्नरले तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्शन ड्रामा ‘रोबिनहुड’बाट अभिनयमा डेब्यु गर्ने भएका हुन् ।