६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकमा २५ करोड नगद बरामदः सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए लामा



अ+ अ-

काठमाडौं । करिब २५ करोड नगदसहित पक्राउ परेका व्यक्तिको पहिचान भएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेका छन् । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत पक्राउ परेका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट रकमसहित गए राति लामालाई पक्राउ गरेको थियो ।

ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा थिए । उनीमाथि थप अनुसन्धान जारी छ । यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।