५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.18

Wind: 1.54

Humidity: 51

Latest
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते सर्वाेच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै महानगरले थाल्यो छलफल भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भिमादको जनज्योतिमा अनेरास्ववियुका भण्डारीको प्यानलै विजयी, गठबन्धनलाई हरायो काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन पोखरा बेलुन विष्फोट घटना : छानबिन समितिद्वारा प्रतिवेदन हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो पुष्प मेला, एक करोड बढीको कारोबार



अ+ अ-

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको मेलामा रु एक करोड दश लाख ७०  हजारभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिनुभयो ।

हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ । जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब रु आठ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ ।

नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार रु तीन अर्ब ६८ करोडभन्दा बढी रहेको एशोसिएशनले जनाएको छ । रासस