१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो पुष्प मेला, एक करोड बढीको कारोबार



अ+ अ-

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको मेलामा रु एक करोड दश लाख ७०  हजारभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिनुभयो ।

हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ । जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब रु आठ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ ।

नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार रु तीन अर्ब ६८ करोडभन्दा बढी रहेको एशोसिएशनले जनाएको छ । रासस