८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट

आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट
अ+ अ-

भोजपुर। सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो ।

आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताउनुभयो । आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो । आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ ।

हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ । सो वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्णरुपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढन् सक्ने बताउनुभयो । रासस