काठमाडौँ । नेकपा (एमाले)ले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उपमहासचिव ज्ञवालीले भने ‘राजतन्त्रले पटक–पटक जनताको अधिकारमाथि आक्रमण गरेकोले सर्वसत्तावादतर्फ उद्दत गर्दै राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भनेर गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने र देशलाई पश्चगामी दिशातिर फर्काउने कुनै प्रयास सफल हुँदैन ।’
केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको पनि उनले बताए ।












