६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्घात कुटपिट गरेर गाईलाई नदी तार्न खोज्नेहरूको खोजी गर्दै प्रहरी



अ+ अ-

काठमाडौँ । गाईमाथि ढुंगा र लठ्ठीले हानेर नदि तार्न खोज्नेहरुको प्रहरीले खोजी थालेको छ ।

बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका स्थानीयले परम्पराका नाममा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हान्दै नदी पार गराउन खोजेका थिए ।

बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुसार गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्ने समूहको पहिचान भइसकेको छ भने खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

घटनास्थल प्रहरी कार्यालयदेखि झन्डै पाँच घन्टाको दुरीमा रहेको हुँदा प्रहरी पुग्न केही समय लाग्न सक्ने बताइएको छ ।

परम्परा अनुसार गाईलाई जति प्रयास गर्दा पनि दनदी पार गराउन नसकेपछि स्थानीय फर्किएर घर आएको केहीबेरमै गाई पनि बेलुकी घर फर्किएर आएको थियो ।

मलामी एक–डेढ सयको संख्यामा मलामी गएपनि गाईलाई ढुंगाले हान्नेहरू आठदेखि नौ जना रहेका र तीमध्ये चार पाँच जना पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

एक स्थानीयको मृत्यु लगत्तै अघिल्लो दिन मात्रै कालीकोटबाट दान गर्नका लागि गाई खोजेर ल्याइएको थियो । स्थानीय चौकीबाट आएका प्रहरीले गाईको फोटो खिचेर लगेको र गाई सकुशल रहेको बताएका छन् ।