२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमरान मलिकले आईपीएलको पूरा सिजन गुमाउने



अ+ अ-

काठमाडौँ । स्पीड स्टार उमरान मलिक चोटका कारण आईपीएलको पूरा सिजन बाहिर हुने भएका छन् ।

आईपीएल २२ मार्चबाट सुरु भई मे २५ सम्म चल्नेछ । उनको स्थानमा कोलकाता नाइट राइडर्सले बायाँ हाते फास्ट बलर चेतन सकारियालाई समावेश गरेको छ ।

चेतनले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले एक एकदिवसीय र दुई टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरेका छन् ।

उनले आईपीएलका १९ खेल पनि खेलेका छन् जसमा उनले २० विकेट लिएका छन् । बायाँ हाते फास्ट बलर चेतनलाई ७५ लाखमा टिममा ल्याइएको छ ।

आईपीएल २०२५ को मेगा लिलामीमा चेतन कुनै टिममा बिक्रि भएनन् ।

यसपछि उनी नेट बलरको रूपमा कोलकाता नाइट राइडर्स टोलीमा सामेल भए । अब केकेआरले उनलाई उमरान मलिकको स्थानमा टोलीमा समावेश गरेको छ ।

आईपीएलको पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुनेछ । यो खेल केकेआरको घरेलु मैदान इडेन गार्डेनमा हुनेछ । यो सिजन केकेआरको कप्तानी अजिंक्य रहाणेले गर्नेछन् ।