६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको निर्वाचन: मिश्र समुहको समर्थनका तीन संगठनको सयुक्त आब्हान



अ+ अ-

काठमाडौं । नेपाल डेमोक्राटिक लयर्स् एशोशिएसन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव केदार प्रसाद कोईराला रहेको समुहलाई समर्थन गर्न सयु्क्त रुपमा आग्रह गरेका छन् ।

एशोशिएसनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी ,पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिब ठाकुर प्रसाद आचार्यले सयुक्त बिज्ञप्ति जारी गर्दे यस्तो आब्हान गर्नुभएको हो । बलियो बार, बलियो प्रभाव र सशक्त भूमिका सहितको देखिने र सुनिने बारको लागि मिश्र समुहलाई समर्थन गर्न आग्रह गरिएको बिज्ञप्तिमा उल्लेख छ । नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुदैछ ।

बिज्ञप्तिमा भनिएको छ – न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोशिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ । न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नको लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न, गराउन हामी प्रतिवद्ध र कटिबद्ध छौँ ।

हाम्रा पुर्खाहरुले जुन उद्देश्य र लक्ष्यका साथ नेपाल बार एशोशिएसनको स्थापना गर्नुभएको थियो । सोही उद्देश्यलाई डग्मगाउन नदिन र साँचो अर्थमा व्यवसायिक बार निर्माण गर्नु हाम्रो मूलभूत उद्देश्य हुनेछ ।