१० मंसिर २०८१, सोमबार
,
Latest
सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम जसपा नेपालले आइटी सेल गठन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणमा १३ अर्ब खर्च



अ+ अ-

सर्लाही । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म रु १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म रु १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न रु नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए । उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कूल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन् । तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन् ।

त्यस्तै प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन् । यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन् । प्रबलीकरणतर्फ अहिलेसम्म रु ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए । पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन रु तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न रु एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए । त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा रु ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताए । उनका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा रु एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ ।

भूकम्पबाट प्रभावित १८ वटा गुम्बामध्ये १२ वटाको निर्माण कार्य अघि बढेको र रु ६५ लाख १६ हजार खर्च भइसकेको छ । त्यस्तै भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत हालसम्म ४०६ वटा विद्यालयको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको शिक्षा शाखाले जनाएको छ । भूकम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्की भवन निर्माण गरी नयाँ स्वरुप दिइएको कार्यालयले जनाएको छ । जिल्लामा रहेका कूल ५७५ विद्यालयमध्ये विसं २०७२ मा आएको विनाशकारी भूकम्पबाट ५१३ विद्यालय प्रभावित भएका थिए । जिल्लाका भूकम्प प्रभावित विद्यालयमध्ये ४०६ विद्यालयमा नयाँ भवन निर्माण गरिएको कार्यालय एकाइअन्तर्गतको शिक्षा शाखाका प्रमुख शिवकुमार सापकोटाले जानकारी दिए ।

अहिलेसम्म भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा रु दुई अर्ब ६६ करोड खर्च भइसकेको छ । सापकोटाका अनुसार भूकम्प प्रभावित विद्यालयमध्ये २६ वटा एशियाली विकास बैंक (एडिबी), ३७ वटा अन्य गैरसरकारी संस्था र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भइरहेका छन । यो वर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब रु ३० करोड लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । विसं २०७८ साउनभित्र सबै भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माण तथा मर्मत सकिने छ भने बाँकी विद्यालयको वास्तविकता अध्ययन गरी काम शुरु गरिने उनले बताए । उक्त भूकम्पले जिल्लामा भूकम्पले जिल्लामा १२ वटा स्वास्थ्य संस्थाको भवन पूर्ण र २९ वटा स्वास्थ्य संस्थाको भवन आंशिकरूपमा क्षति भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तीनपाटन गाउँपालिका–३ को भीमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्यचौकी, घ्याङलेख गाउँपालिका–५ को शान्तेश्वरी स्वास्थ्यचौकी, सुनकोशी गाउँपालिका–५ को बन्दीपुर स्वास्थ्यचौकी पुनःनिर्माणको भइरहेको छ । ती स्वास्थ्य चौकीको कुल लागत रु छ करोड रहेको कार्यालयले जनाएको छ । प्राविधिक विदुर खतिवडाले हरिहरपुर, वितिजोर, रतनचुरा, अमले, तामाजोर, तीनकन्या, खोलागाउँ र जिनाखु स्वास्थ्यचौकी पुनःनिर्माणका लागि गत वर्ष कार्यक्रम आएर पनि स्रोत निश्चित हुन नसक्दा अघि बढ्न नसकेको बताए ।