३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पुनःनिर्माणमा १३ अर्ब खर्च

पुनःनिर्माणमा १३ अर्ब खर्च
अ+ अ-

सर्लाही । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म रु १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म रु १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न रु नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए । उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कूल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन् । तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन् ।

त्यस्तै प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन् । यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन् । प्रबलीकरणतर्फ अहिलेसम्म रु ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए । पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन रु तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न रु एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए । त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा रु ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताए । उनका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा रु एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ ।

भूकम्पबाट प्रभावित १८ वटा गुम्बामध्ये १२ वटाको निर्माण कार्य अघि बढेको र रु ६५ लाख १६ हजार खर्च भइसकेको छ । त्यस्तै भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत हालसम्म ४०६ वटा विद्यालयको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको शिक्षा शाखाले जनाएको छ । भूकम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्की भवन निर्माण गरी नयाँ स्वरुप दिइएको कार्यालयले जनाएको छ । जिल्लामा रहेका कूल ५७५ विद्यालयमध्ये विसं २०७२ मा आएको विनाशकारी भूकम्पबाट ५१३ विद्यालय प्रभावित भएका थिए । जिल्लाका भूकम्प प्रभावित विद्यालयमध्ये ४०६ विद्यालयमा नयाँ भवन निर्माण गरिएको कार्यालय एकाइअन्तर्गतको शिक्षा शाखाका प्रमुख शिवकुमार सापकोटाले जानकारी दिए ।

अहिलेसम्म भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा रु दुई अर्ब ६६ करोड खर्च भइसकेको छ । सापकोटाका अनुसार भूकम्प प्रभावित विद्यालयमध्ये २६ वटा एशियाली विकास बैंक (एडिबी), ३७ वटा अन्य गैरसरकारी संस्था र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भइरहेका छन । यो वर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब रु ३० करोड लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । विसं २०७८ साउनभित्र सबै भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माण तथा मर्मत सकिने छ भने बाँकी विद्यालयको वास्तविकता अध्ययन गरी काम शुरु गरिने उनले बताए । उक्त भूकम्पले जिल्लामा भूकम्पले जिल्लामा १२ वटा स्वास्थ्य संस्थाको भवन पूर्ण र २९ वटा स्वास्थ्य संस्थाको भवन आंशिकरूपमा क्षति भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तीनपाटन गाउँपालिका–३ को भीमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्यचौकी, घ्याङलेख गाउँपालिका–५ को शान्तेश्वरी स्वास्थ्यचौकी, सुनकोशी गाउँपालिका–५ को बन्दीपुर स्वास्थ्यचौकी पुनःनिर्माणको भइरहेको छ । ती स्वास्थ्य चौकीको कुल लागत रु छ करोड रहेको कार्यालयले जनाएको छ । प्राविधिक विदुर खतिवडाले हरिहरपुर, वितिजोर, रतनचुरा, अमले, तामाजोर, तीनकन्या, खोलागाउँ र जिनाखु स्वास्थ्यचौकी पुनःनिर्माणका लागि गत वर्ष कार्यक्रम आएर पनि स्रोत निश्चित हुन नसक्दा अघि बढ्न नसकेको बताए ।