१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा

पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले आगामी पाँच वर्षभित्र महानगरभित्रका सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने घोषणा गरेको छ ।
महानगरपालिकाको नगरसभा १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा गर्नुभएको हो ।

सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने अभियान चालू आर्थिक वर्षदेखि नै शुरु गरिने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा समुदायको सहभागितामा जोखिम सर्वेक्षण, प्रवलीकरण तथा आवश्यक मर्मतसम्भारका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनु भयो ।

महानगरले विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण सूचना तथा विवरणलाई भौगोलिक सूचना प्रणाली (जिआईएस) मा आवद्ध गर्ने तथा मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयन गर्ने नीति लिएको छ । विद्यालय, अस्पताल, होटल, सपिङ मल तथा सार्वजनिक भवनहरूको नियमित सुरक्षा परीक्षण र विपद् सुरक्षा मापदण्ड कार्यान्वयनलाई समेत प्राथमिकता दिएको उहाँले बताउनु भयो ।

महानगरले स्मार्ट प्रविधिमा आधारित स्ट्रिट लाइट तथा हाईमास्ट जडान गरी सुरक्षित र उज्यालो शहर बनाउने घोषणा पनि गरेको छ । नदी किनार र सार्वजनिक स्थल संरक्षणका लागि जिआईएस डेटाबेसमा आधारित पूर्वाधार निर्माण गर्ने तथा विभिन्न निकायबीच समन्वय गर्न एकीकृत संयन्त्र स्थापना गरिने कार्यक्रम पनि महानगरले अघि सारेको छ ।

भवन निर्माण तथा सेवा प्रवाहलाई डिजिटल बनाउने क्रममा विद्युतीय भवन अनुमति प्रणाली (ई–विपिएस) लाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तरआवद्ध गर्ने र बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा ऋण प्रवाह गर्दा महानगरको ई–विपिएस प्रणाली प्रयोग गर्ने व्यवस्था मिलाइने नीति लिएको प्रमुख डंगोलले जानकारी दिनुभयो । महानगरले महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा आवासीय भवन निर्माण गर्दा नक्सापास दस्तुरमा २० प्रतिशत छुट दिने, सार्वजनिक तथा निजी भवनहरूको सहुलियतपूर्ण बीमा व्यवस्था गरी जोखिम हस्तान्तरण र आर्थिक सुरक्षा सुनिश्चित गर्ने नीतिलाई निरन्तरता दिएको छ ।

यातायात क्षेत्रमा महानगरले पैदलयात्री तथा साइकलमैत्री पूर्वाधार विस्तार, सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेको छ । साझा यातायातमार्फत रात्रिकालीन सेवा क्रमशः विस्तार गर्ने तथा उपत्यकाका लागि उपयुक्त सार्वजनिक यातायात प्रणाली सञ्चालन गर्न संघीय सरकारसँग समन्वय गरिने कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा सुन्धारा–धरहरा क्षेत्र व्यवस्थापन, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र स्थापना तथा काठमाडौं प्लाजालाई सार्वजनिक प्रयोगमा ल्याउन संघीय सरकारसँग पहल गरिने उल्लेख छ । यस्तै, नदी किनारका जोखिमपूर्ण बस्तीबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन तथा शहरी गरिब र आश्रयविहीन परिवारका लागि सामूहिक आवासको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।
महानगरले कोटेश्वर–तीनकुने क्षेत्रको बाँकी मुआब्जा वितरणका लागि आवश्यक रकममध्ये एकतिहाइ हिस्सा व्यहोर्ने र बाँकी दुईतिहाइ नेपाल सरकारले व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिने नीति समेत सार्वजनिक गरेको छ ।