३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड

निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
अ+ अ-

काठमाडौँ । २०८२ सालको आम निर्वाचनमा भोग्नुपरेको पराजय र पछिल्ला राजनीतिक घटनाक्रमपछि नेकपा (एमाले) ले पार्टी संगठनलाई पुनः सुदृढ गर्दै सक्रिय बनाउने उद्देश्यसहित ‘मिसन पार्टी जागरण २०८३’ नामक विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टीले यस अभियानलाई आफूलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीतिक पहलका रूपमा अघि सारेको जनाएको छ।

पार्टीका अनुसार निर्वाचन परिणामपछि कार्यकर्तामा देखिएको निराशा हटाउँदै मनोबल उच्च बनाउने, संगठनलाई पुनः गतिशील बनाउने तथा पार्टी र नेतृत्वविरुद्ध फैलिएका विभिन्न भ्रम र अफवाहको निवारण गर्दै जनतासमक्ष सही सन्देश पुर्‍याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो। साथै, जनतासँग टुट्दै गएको सम्बन्धलाई पुनः मजबुत बनाउँदै पार्टीलाई थप जनमुखी बनाउने लक्ष्यसमेत राखिएको छ।

यस अभियानअन्तर्गत पार्टीले ‘६-ज’ रणनीति लागू गर्ने भएको छ, जसमा जनतामा पुग्ने, जनताका कुरा सुन्ने, जनमैत्री व्यवहार विकास गर्ने, जनसंगठनहरूलाई सक्रिय बनाउने, जनताको बहुदलीय जनवाद (जबज) को अध्ययन र आत्मसात गर्ने तथा योग्य नेतृत्व विकास गर्ने विषय समावेश छन्। यी आधारमार्फत संगठनलाई तल्लो तहदेखि नै सुदृढ बनाउने पार्टीको योजना छ।

कार्ययोजनामा संगठनात्मक पुनर्संरचनालाई विशेष प्राथमिकता दिइएको छ। निष्क्रिय रहेका संरचनाहरूलाई पुनर्गठन गर्दै स्थानीय कमिटीलाई थप अधिकार र जिम्मेवारीसहित सक्रिय बनाइनेछ। त्यसका लागि नियमित अनुगमन प्रणालीसमेत लागू गरिने बताइएको छ। त्यस्तै, युवा तथा विद्यार्थी लक्षित अभियानलाई पनि तीव्र बनाइनेछ, जसअन्तर्गत युवालाई संगठनका विभिन्न तहमा प्राथमिकताका साथ समेटिने योजना छ।

डिजिटल प्रचार–प्रसारलाई प्रभावकारी बनाउन २४ घण्टा निगरानी गर्ने ‘डिजिटल वार रुम’ स्थापना गर्ने तयारी गरिएको छ। सामाजिक सञ्जालमा पार्टीको उपस्थिति बलियो बनाउँदै युवा पुस्तासँग जोडिने लक्ष्य राखिएको छ। यसैगरी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको नियमित मूल्याङ्कन गरिने र अनुशासनहीन वा निष्क्रिय देखिएमा विधानअनुसार आवश्यक कारबाही गरिने व्यवस्था पनि अभियानमा समेटिएको छ।

पार्टीले नेतृत्व रूपान्तरणलाई पनि अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि सारेको छ। यसअनुसार दोस्रो र तेस्रो पुस्ताका सक्षम तथा इमानदार नेताहरूलाई निर्णायक भूमिकामा अघि बढाइने र वरिष्ठ नेताहरूलाई मार्गदर्शक भूमिकामा सीमित गरिने उल्लेख गरिएको छ।

अभियान वडा तहसम्म केन्द्रित रहनेछ र केन्द्रबाट खटाइएका प्रतिनिधिहरूले स्थानीय तहसम्म पुगेर संगठनात्मक काम गर्नेछन्। आवश्यक परे उनीहरूले जनताको घरमै बसेर उनीहरूको समस्या र अवस्थाबारे प्रत्यक्ष बुझ्ने अभ्याससमेत गर्ने जनाइएको छ। अभियानको प्रगति नियमित रूपमा समीक्षा गरिने र अन्तिम चरणमा विस्तृत मूल्यांकन प्रतिवेदन तयार गरिनेछ।

यो अभियान विभिन्न चरणमा सञ्चालन हुने र आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचन सम्पन्न भएपछि औपचारिक रूपमा समापन गरिने पार्टीले जनाएको छ। पार्टीले यस अभियानमार्फत नेकपा (एमाले) लाई नेतामुखी नभई जनमुखी र नीतिमुखी राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्ने लक्ष्य लिएको छ।