३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी

शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी
अ+ अ-

सिन्धुली: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव नहुने बताउनु भएको छ ।

सिन्धुली कमलामाई-६, माढीबजारमा रहको गौमती माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दे पूर्व राष्ट्रपति भण्डारीले शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, सामाजिक रूपान्तरण र सभ्यताको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण आधार भएको जनाउनु भयो ।

उहाँले भन्नुभयो “शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले विद्यालयहरू केवल पठनपाठनका केन्द्र मात्र होइनन्, योग्य, जिम्मेवार र चरित्रवान् नागरिक निर्माण गर्ने प्रमुख थलो पनि हुन् ।”

उहाँले भन्नुभयो सामुदायिक विद्यालयहरू सफल हुनुको मुख्य आधार स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व नै हो । गौमती माध्यमिक विद्यालयको प्रगतिले यही सत्यलाई पुष्टि गरेको छ ।

उहाँले भन्नुभयो “विश्व तीव्र रूपमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, डिजिटल रूपान्तरणका साथै जलवायु सङ्कटजस्ता वैश्विक चुनौतीहरूले मानव जीवनका सबै क्षेत्रमा नयाँ अवसर र गम्भीर चुनौतीहरू सिर्जना गरिरहेका छन् । यस्तो परिवर्तित सन्दर्भमा हाम्रा विद्यालयहरूले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गराउने मात्र होइन, प्राविधिक तथा व्यावसायिक रूपमा दक्ष, सिर्जनशील, अनुसन्धानमुखी, प्रतिस्पर्धी र उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । साथै, जलवायु परिवर्तन र वातावरणीय संकटप्रति सचेत, उत्तरदायी र समाधानमुखी सोच भएका नागरिक तयार गर्नु पनि आजको शिक्षाको अनिवार्य दायित्व हो । परिवार, समाज र राष्ट्रप्रति जिम्मेवारी बोध भएका असल नागरिक निर्माण गर्नु शिक्षाको मूल उद्देश्य हुनुपर्छ । त्यसका लागि दक्ष र प्रतिबद्ध शिक्षक, आधुनिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण प्रणाली तथा जीवनोपयोगी सीपको विकासमा विशेष ध्यान दिनुपर्दछ ।”

सो अवसरमा पूर्व राष्ट्रपति भण्डारीले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै विधालय भवन निर्माणमा सहयोग पुर्याउनेहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।