५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.16

Wind: 1.03

Humidity: 54

तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट तथानाम गालिगलोज बढेपछि साइबर ब्युरोमा उजुरी परेको छ ।

अध्यक्ष प्रचण्ड केहीदिन यता राजसंस्था पुनःस्थापना पक्षधरको निशानामा परेका छन् । प्रचण्डले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि राजावादीहरूले सामाजिक सञ्जालमा प्रचण्डको तीव्र विरोध गरिरहेका छन् ।

विभिन्न सामाजिक सञ्जाल माध्यममा फेक आईडी बनाएर प्रचण्ड परिवारको चरित्रहत्या गर्ने खालका सामग्री पोष्ट भएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

प्रचण्ड तथा उनको परिवारका छोरी बुहारीहरूको बारेमा आपत्तिजनक पोष्टहरू भएका छन् ।

त्यस्ता सामग्रीहरु पोष्ट गर्ने आईडीको पहिचान गरी उनीहरुमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित साइबर ब्युरोमा जाहेरी परेको छ ।

यता, साइबर ब्युरोले केही आईडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।