१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट तथानाम गालिगलोज बढेपछि साइबर ब्युरोमा उजुरी परेको छ ।

अध्यक्ष प्रचण्ड केहीदिन यता राजसंस्था पुनःस्थापना पक्षधरको निशानामा परेका छन् । प्रचण्डले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि राजावादीहरूले सामाजिक सञ्जालमा प्रचण्डको तीव्र विरोध गरिरहेका छन् ।

विभिन्न सामाजिक सञ्जाल माध्यममा फेक आईडी बनाएर प्रचण्ड परिवारको चरित्रहत्या गर्ने खालका सामग्री पोष्ट भएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

प्रचण्ड तथा उनको परिवारका छोरी बुहारीहरूको बारेमा आपत्तिजनक पोष्टहरू भएका छन् ।

त्यस्ता सामग्रीहरु पोष्ट गर्ने आईडीको पहिचान गरी उनीहरुमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित साइबर ब्युरोमा जाहेरी परेको छ ।

यता, साइबर ब्युरोले केही आईडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।