२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीन कार्डधारीलाई अमेरिकाबाट निकाला गर्ने उपराष्ट्रपतिको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी ग्रीन कार्ड धारकहरूलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन् ।

एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा भान्सले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने अधिकार मिल्छ भन्ने होइन ।’

उनले सरकारलाई ग्रीन कार्ड धारकहरूलाई निष्कासन गर्ने अधिकार रहेको समेत बताए ।

ग्रीन कार्डलाई कानुनी रूपमा स्थायी बासिन्दा कार्ड भनेर चिनिन्छ । यसले संयुक्त राज्य अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्ने अधिकार प्रदान गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक भिसा कार्यक्रमको प्रचार गरिरहेका बेला भान्सको यो टिप्पणी आएको हो ।

यस कार्यक्रम अन्तर्गत विदेशी नागरिकहरूले ५० लाख डलर तिरेर अमेरिकी नागरिकता प्राप्त गर्न सक्छन् । ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन् ।