• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण



काठमाडौं । च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदिप भण्डारीलाई कोरोना पुष्टि भएको हो । 

उनीहरुले अब सहिद स्मारक ए डिभिजन लिगका खेलहरु गुमाउने भएका छन् ।

क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले कमल र प्रदिपलाई कोरोना भएको पुष्टि गरेका हुन् ।

लिग अन्तर्गत आठौं चरणको खेल सकिँदा च्यासल ५ अंकसहित १३ औ स्थानमा छ । १४ टिमले प्रतिस्पर्धा गरेको लिगमा २ टिम रेलिगेसन हुनेछन् ।