३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.47

Wind: 2.06

Humidity: 35

Latest
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता नदी सफाइका क्रममा मूर्ति भेटियो पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल ललितपुरको पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’ फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात हुने



अ+ अ-

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।