३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.51

Wind: 5.14

Humidity: 33

Latest
सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’ फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड नाईट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु हत्या गरेको अभियोगमा पक्राउ निजीकरण विधेयक सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ ।

त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली काटिनेछ । मुुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।

सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म लाइन काटिनेछ ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ । प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुन: सञ्चालनमा आउने जनाएको छ ।

बिजुली कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।