८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

शिरोमणि आचार्यको योगदान अतुलनीय

शिरोमणि आचार्यको योगदान अतुलनीय
अ+ अ-

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।

शिरोमणि आचार्यको एक सय ३८औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि आचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले इतिहास विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताउनुभयो ।

कुलपति राईले आफू इतिहास शिरोमणि आचार्यको विद्धता र उहाँको योगदानका लागि प्रष्ठिानसँग सहकार्य गरेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको राष्ट्रिय इतिहास र संस्कृतिका अन्वेषक आचार्य विषय प्रवचन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रमेश ढुङ्गेलले अन्वेषणको आधुनिकता वा वैज्ञानिकताको आधारका उहाँ जीवनभर नै इतिहास–संस्कृति अन्वेषण र अध्ययनमा नै समर्पित रहनुभएको विश्वास गर्न सकिन्छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गर्नुभयो । साथै उहाँले कार्यपत्र उल्लेख ‘आचार्यजीको जीवनको पूर्वाद्र्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद र मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको बताउनुभयो ।

इतिहास शिरोमणि प्रतिष्ठानका अध्यक्ष प्रा डा त्रिरत्न मानन्धरले शिरोमणि आचार्य त्यसबेलाका अन्तरराष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उहाँको योगदानको कदर गर्न प्रतिष्ठान लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिरोमणि प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले शिरोमणि आचार्यले ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति आफूले पढेको बताउँदै उहाँ सृजनशीलतामा निडर र हक्की स्वभावको भएको उहँँका कृतिले पुष्टि गर्ने उल्लेख गर्नुभयो । रासस