८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

पर्यटन प्रवर्द्धनका लागि नयाँ पदमार्ग निर्माणमा ‘टान’

पर्यटन प्रवर्द्धनका लागि नयाँ पदमार्ग निर्माणमा ‘टान’
अ+ अ-

काठमाडौँ। नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि नयाँ पदमार्ग स्थापना गरिएको छ । स्थानीय तहले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएपछि पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को सक्रियतामा नयाँ पदमार्ग निर्माण गरिएको हो ।

लामो यात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी टानले गोरखाका दुई र लमजुङका तीन स्थानीय तह जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो । ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण दिइएको उक्त पदमार्ग गोरखाको बारपाक सुलिकोटबाट सुरु भई लमजुङको मस्र्याङ्दी गाउँपालिकासम्म पुग्दछ ।

टानका अध्यक्ष सागर पाण्डेले लामो समयसम्म पदयात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यो पदमार्ग सञ्चालनमा ल्याएको बताउनुहुन्छ । उहाँका अनुसार उक्त पदमार्ग गोरखाको बारपाक सुलिकोट र अजिरकोटका साथै लमजुङको दुधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा पर्दछ । यो पदमार्गले बुद्ध हिमाल र हिमालचुलीको बेस छुनेछ । पदमार्गमा गोरखाको रुवीनाला (पाँच हजार मिटर)सम्म पुग्न सकिन्छ । यस्तै, लमजुङको मेमेपोखरी, बराहपोखरीलगायत प्रसिद्ध धार्मिक तीर्थस्थलसमेत यो पदमार्ग हुँदै जान सकिन्छ । उक्त पदमार्ग पार गर्न १८ दिन लाग्ने टानले जनाएको छ ।

समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको गोरखाको अजिरकोटबाट उक्त पदमार्गमा जान सकिन्छ । पदमार्गभित्र गोरखा बारपाक, अजिरकोट, नागेपोखरी, दुधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बराहपोखरी, ठूलागी ताललगायत प्राकृतिक एवं सांस्कृतिक क्षेत्र पर्दछन् । यस्तै, पदमार्गको तल्लो क्षेत्रबाट गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङको दुधपोखरी बिचौर, इलमपोखरी, लिपेलेक, दाम्राङ, कीर्तिपुर, टापगाउँ, बारपोखरी, हिलेटक्सार हुँदै बेँसीसहरको पिसहिल र मस्र्याङ्दी गाउँपालिकासम्म पुग्न सकिन्छ ।

ठूला धार्मिक आस्थाका तालहरू, मनमोहक झरनाका दृश्य, ऐनाजस्तै छर्लङ्ग देखिने हिमाल (हिमालचुली, बुद्ध हिमाल, हर्कचुलीलगायत हिमाल)को मनमोहक दृश्य यस पदमार्गबाट देख्न सकिने टान अध्यक्ष पाण्डे बताउनुहुन्छ । पदमार्ग क्षेत्रमा लोपोन्मुख वन्यजन्तु कस्तुरी, मृग, रेडपाण्डा, राष्ट्रिय चरा डाँफेलगायत धेरै थरिका चराचुरुङ्गी र जनवार पाइने गरेका छन् । विभिन्न थरिका गुराँस, जडीबुटीले भरिपूर्ण रहेकाले यो पदमार्गको धेरै सम्भावना रहेको उहाँको भनाइ छ ।

टानले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा दुई जिल्लाका पाँच स्थानीय तहको समन्वयमा उक्त पदमार्गको अध्ययन गरी वृत्तचित्रसमेत निर्माण गरिसकेको छ । टानका निवर्तमान अध्यक्ष निलहरि बाँस्तोला उक्त पदमार्ग पर्वतीय पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुने बताउनुहुन्छ । “पर्वतीय पदयात्राको अत्यधिक सम्भावना रहेका नेपालका पदमार्ग स्थानीय तहले जथाभावी रूपमा मोटरबाटो खन्दा मासिँदै गएकाले आफू अध्यक्ष हुँदादेखि नै नयाँ गन्तव्य र पदमार्गको खोजी गरेको हो”, उहाँ भन्नुहुन्छ ।

उक्त पदमार्गसँगै टानले रामेछापको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका हुँदै पासाङल्हामु गाउँपालिकालाई जोडेर नयाँ पदमार्ग तयार गरेको छभने सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरिरहेको छ ।

यसैगरी, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा तिमालबाट चौँरीदेउराली हुँदै सैलुङ जोड्ने पदमार्गको विकास र प्रवर्द्धन गरिसकिएको र धादिङको गङ्गाजमुना गाउँपालिकाका सात वडालाई जोड्ने गरी ‘गङ्गा जमुना तीनसुरे पदमार्ग’को कामसमेत अगाडि बढाइसकेको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईँ बताउनुहुन्छ ।

टानका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये करिब ३० प्रतिशत पर्यटक पदमार्गका लागि विभिन्न स्थानमा जाने गरेका छन् । टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा नयाँ गन्तव्यको पर्यटन प्रवर्द्धनमा समेत काम गरिरहेको छ । यस्तै, काठमाडौँ उपत्यका वरपरका शिवपुरी, तारेभिर, मूलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फुल्चोकी, गोदावरी, हात्तीवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनीलगायत स्थानलाई जोडेर टानले ‘नेपाल मण्डला सर्किट ट्रेल’को विकास गर्ने लक्ष्यसमेत लिएको छ । रासस