५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई सहुलियतमा मकैको बीउ उपलब्ध



अ+ अ-

पाल्पा। रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ । नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

रामपुर क्पोजित एक हजार एक सय ११ किलो, अरुण–२ जातको तीन हजार नौ सय २४ किलो र मनकामना–३ जातको दुई हजार चार सय ८८ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । किसानलाई ५० प्रतिशत अनुदानमा तीवटै जातको प्रतिकिलो रु ७६ मा नगरपालिकामार्फत उपलब्ध गराइएको उहाँ बताउनुहुन्छ ।

नगरपालिकाका किसान, कृषि समूह तथा कृषि सहकारी गरेर चार सय ३४ जनाको माग आवेदन परेको हुँदा सोही आधारमा वितरण हुने उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले मकैको बीउका लागि गत माघ २९ देखि फागुन ११ गतेसम्म माग सूचना जारी गरेको थियो ।

सो सूचनाका आधारमा किसानले माग गरेबमोजिम बीउ ल्याएर उपलब्ध गराइएको छ । गत फागुन २८ देखि कार्यालय समयमा धमाधम वितरण कार्य भइरहेको छ । यही फागुन ५ गतेसम्म सबै किसानसमक्ष बीउ वितरण गरेर सक्ने गरी शाखाले वितरण गरिरहेको जनाएको छ ।

रामपुर क्पोजिट एक सय १५ दिन, अरुण–२ जातको ९० दिन र मनकामना–३ जातको एक सय २० देखि एक सय २५ दिनभित्र पाक्ने कृषि प्राविधिक बताउँछन् । नगरपालिकाले कृषि उत्पादनलाई जोड दिँदै विभिन्न बालीका बीउबिजन सहुलियतमा वितरण गर्दै आइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्दै नगरपालिकाले विभिन्न जातका बीउबिजन खरिद गरेर किसानलाई उपलब्ध गराउँदै आएका छौँ, किसानले माग गरेअनुसार बीउबिजन पाउनुभएको छ”, नगरप्रमुख थापाले भन्नुभयो, “बाहिर बजारमा महँगो मूल्यमा खरिद गर्नुभन्दा सहुलियतमा किसानलाई राहत होस् भनेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ ।”

धान, गहुँ, मकै, तरकारीलगायत विभिन्न जातका बीउबिजन, बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि किसानलाई एग्रोभेटमा महँगो मूल्यमा खरिद गर्नु परेन । उन्नत जातका बीउबिजन समयमा नै नगरपालिका कार्यालयमार्फत सहुलियतमा पाउँदा बालीनाली लगाउने समय बीउ खरिद गर्न किसानलाई अन्यत्र भौतारिनुपर्ने अवस्था हटेको छ ।रासस