८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

किसानलाई सहुलियतमा मकैको बीउ उपलब्ध

किसानलाई सहुलियतमा मकैको बीउ उपलब्ध
अ+ अ-

पाल्पा। रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ । नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

रामपुर क्पोजित एक हजार एक सय ११ किलो, अरुण–२ जातको तीन हजार नौ सय २४ किलो र मनकामना–३ जातको दुई हजार चार सय ८८ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । किसानलाई ५० प्रतिशत अनुदानमा तीवटै जातको प्रतिकिलो रु ७६ मा नगरपालिकामार्फत उपलब्ध गराइएको उहाँ बताउनुहुन्छ ।

नगरपालिकाका किसान, कृषि समूह तथा कृषि सहकारी गरेर चार सय ३४ जनाको माग आवेदन परेको हुँदा सोही आधारमा वितरण हुने उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले मकैको बीउका लागि गत माघ २९ देखि फागुन ११ गतेसम्म माग सूचना जारी गरेको थियो ।

सो सूचनाका आधारमा किसानले माग गरेबमोजिम बीउ ल्याएर उपलब्ध गराइएको छ । गत फागुन २८ देखि कार्यालय समयमा धमाधम वितरण कार्य भइरहेको छ । यही फागुन ५ गतेसम्म सबै किसानसमक्ष बीउ वितरण गरेर सक्ने गरी शाखाले वितरण गरिरहेको जनाएको छ ।

रामपुर क्पोजिट एक सय १५ दिन, अरुण–२ जातको ९० दिन र मनकामना–३ जातको एक सय २० देखि एक सय २५ दिनभित्र पाक्ने कृषि प्राविधिक बताउँछन् । नगरपालिकाले कृषि उत्पादनलाई जोड दिँदै विभिन्न बालीका बीउबिजन सहुलियतमा वितरण गर्दै आइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्दै नगरपालिकाले विभिन्न जातका बीउबिजन खरिद गरेर किसानलाई उपलब्ध गराउँदै आएका छौँ, किसानले माग गरेअनुसार बीउबिजन पाउनुभएको छ”, नगरप्रमुख थापाले भन्नुभयो, “बाहिर बजारमा महँगो मूल्यमा खरिद गर्नुभन्दा सहुलियतमा किसानलाई राहत होस् भनेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ ।”

धान, गहुँ, मकै, तरकारीलगायत विभिन्न जातका बीउबिजन, बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि किसानलाई एग्रोभेटमा महँगो मूल्यमा खरिद गर्नु परेन । उन्नत जातका बीउबिजन समयमा नै नगरपालिका कार्यालयमार्फत सहुलियतमा पाउँदा बालीनाली लगाउने समय बीउ खरिद गर्न किसानलाई अन्यत्र भौतारिनुपर्ने अवस्था हटेको छ ।रासस