८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठक

आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठक
अ+ अ-

काठमाडौँ। अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ ।

आज आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको वैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध मिलाउनेसहितका सहुलियत सम्बन्धी निर्णय गरेको हो । विभागका अनुसार अहिलेसम्म ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरुलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ । समितिले फागुन २२ गते विवरण पठाउन गरेको पत्राचारबाट यो संख्या प्राप्त भएको हो ।

शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् । उत्तरपुस्तिकालगायतका परीक्षासँग सम्बन्धित सामग्रीहरु शिक्षा विभाग वा तोकिएको परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ ।

विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन् । महानगरपालिकाले तयार पारेको प्रश्नपत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाहरुले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्याङ्कन मापदण्ड तयारी गरी विद्यार्थी मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ ।

यसरी परीक्षा लिँदा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिभित्र हुनु पर्नेछ । आगामी शैक्षिक सत्रका लागि शुरुवातकै दिनमा शिक्षा विभागले विकासात्मक अपाङ्गता भएका बालबालिकाको विवरण संकलन र विश्लेषण गर्नेछ । विभागले, त्यस्ता बालबालिकाका लागि सिकाइ र मूल्याङ्कनका राष्ट्रिय परीक्षा वोर्ड, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर छुट्टै मापदण्ड तयार गर्ने निर्णय भएको छ ।

हात भाँचिएका वा आफैं हातले परीक्षा लेख्न नसक्ने विद्यार्थीलाई विद्यालयबाट प्राप्त भएको निवेदन, मेडिकल रिपोर्ट, सहायक विद्यार्थीको योग्यतासमेतका आधारमा कक्षा ७ सम्म अध्ययनरत सोही विद्यालयको विद्यार्थीलाई परीक्षा सहायक राख्न विभागले अनुमति प्रदान गर्न सक्नेछ ।
विदेशी विद्यार्थीलाई विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने भएका छन् ।

उनीहरुले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस भाषाको परीक्षा दिनुपर्नेछ । यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी निर्णय भएको छ । उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ । सामाजिक विषयको हकमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन नसक्ने विदेशी विद्यार्थीका लागि शिक्षा विभागले प्रश्नपत्र अंग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउनेछ ।

यस प्रश्नपत्रमा विद्यार्थीहरुले उत्तर दिन पाउनेछन् । परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई विभागले केन्द्राध्यक्षका रुपमा नियुक्ति गर्नेछ । प्रधानाध्यापकको कार्यभारका कारण केन्द्राध्यक्ष रहन नसक्ने अवस्थामा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गर्न सकिने बैठकले निर्णय गरेको छ ।

ज्ञवालीको अध्यक्षतामा गठित समितिमा रामप्रसाद ढुंगाना, मञ्जु मग्राती, विष्णुहरि अधिकारी, रविन वस्नेत, श्याम योञ्जन सदस्य हुनुहुन्छ । यस्तै शिक्षा अधिकृत ओमप्रसाद गौतम सदस्य सचिव हुनुहुन्छ ।

कोडिङ् र डिकोडिङ् गरेर उत्तरपुस्तिका परीक्षणको काम विभागले गर्नेछ । यो काम स्रोत केन्द्रहरुबाट हुनेछ । महानगरपालिकाभित्र ११ वटा स्रोत केन्द्र छन् ।