२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.68

Wind: 2.57

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोबास गर्ने समूदायहरुको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गर्नुभयो । उहाँले प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरु आज विविध मुलुकका नागरिक भएतापनि हामी बीचमा सभ्यताकोसाझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको बताउनु भयो । उहाँले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरु रहेको उल्लेख गर्दै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिमवत्खण्डभित्र बसोबास गर्ने विविध समुदायबीच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समmभदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने छ । प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक भएका छौं । तथापी हाम्रा बीचमा सभ्यताको उही साझा धागो र संस्कृतिको त्यही सुन्दर सेतु छ । जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ । अवश्य पनि हाम्रा बीचमा भाषिक भिन्नताहरु छन् । हाम्रा सोच्ने तरिकाहरु फरक छन् र हाम्रा आफ्नै कर्तव्य र दायित्वहरु छन् । ति विविधतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्छ भन्ने मलाई लाग्दछ । हाम्रा राष्ट्रहरुका सन्दर्भमा पनि यी कुराहरु उत्तिकै लागू हुन्छन् ।’

उहाँले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचिन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको उल्लेख गर्नुभयो । यही भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादूर्भाव र विस्तार भएको उहाँको भनाइ छ । आउँदो आईतवारसम्म चल्ने सम्मिलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्याण्डमा बसोवास गर्ने नेपाली सहभागीहरुको समेत सहभागिता रहेको छ । —न्युज एजेन्सी नेपाल