२६ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैनः सभापति थापा कांग्रेस महाधिवेशनमा कसैलाई पनि सहभागी हुनबाट वञ्चित गरिएको छैन : सभापति थापा+ पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले अक्षर पटेललाई कप्तान बनायो



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । फ्रान्चाइजीले शुक्रबार यो घोषणा गरेको हो ।

अक्षरसँगै केएल राहुलको नाम पनि कप्तानको दौडमा परेको थियो । दुवैको नाममा विचार गरियो र अन्ततः अक्षर पटेललाई टोलीको जिम्मेवारी दिइएको हो । आईपीएल २०२५ मार्च २२ देखि सुरु हुँदैछ ।

अक्षर पटेल २०१९ देखि दिल्ली क्यापिटल्सको हिस्सा बनेका छन् । उनी दिल्लीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले पछिल्लो ६ सिजनमा टोलीका लागि ८२ खेल खेलेका छन् ।

३० को औसतमा २३५ रन बनाउनुका साथै ७.६५ को इकोनोमीमा ११ विकेट पनि लिएका थिए । ऋषभ पन्तलाई एक खेलमा स्लो ओभरमा प्रतिबन्ध लगाइएपछि अक्षरले कप्तानी सम्हालेका थिए ।
तर, यो खेलमा उनले हार बेहोर्नुपरेको थियो ।

अक्षर पटेललाई दिल्ली क्यापिटल्सले आईपीएल मेगा लिलामी अघि १६.५० करोडमा राखेको थियो। आईपीएलका १५० खेलमा ब्याट्सम्यानका रूपमा उनले १३०.८८ को स्ट्राइक रेट र २१.४७ को औसतमा १६५३ रन बनाएका छन् । यसबाहेक बलरका रूपमा उनले ७.२८ को इकोनोमी र २५.२ को स्ट्राइक रेटमा १२३ विकेट लिएका छन् । यस प्रतियोगितामा अक्षर पटेलको उत्कृष्ट बलिङ फिगर २१ रनमा ४ विकेट रहेको छ ।

केएल राहुललाई आईपीएल २०२४ को मेगा लिलामीमा दिल्ली क्यापिटल्सले १४ करोडमा किनेको थियो । राहुलले आईपीएलमा धेरै टोलीको कप्तानी गरेका छन्, त्यसैले फ्रेन्चाइजले उनलाई कप्तानको जिम्मेवारी सुम्पन सक्ने विश्वास गरिएको थियो । राहुलले आईपीएलमा ४६८३ रन बनाएका छन् ।