२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनमा कसैलाई पनि सहभागी हुनबाट वञ्चित गरिएको छैन : सभापति थापा+



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि नेता तथा कार्यकर्तालाई सहभागी हुनबाट वञ्चित नगरिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताउनुभयो । उहाँले महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने दाबी गर्नुभयो ।

सभापति थापाका अनुसार असोज ४ गतेदेखि कांग्रेसको अधिवेशन प्रक्रिया सुरु हुनेछ भने असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुनेछ । निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

महाधिवेशनमा प्रतिस्पर्धा हुने भए पनि प्रतिस्पर्धाबाट जिम्मेवारी नपाएका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा सभापति थापाले जोड दिनुभयो । महाधिवेशनले पार्टीभित्रका विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको उहाँको भनाइ छ ।

उहाँले महाधिवेशन सम्पन्न भएपछि कांग्रेस देशव्यापी अभियानसहित नागरिकमाझ जाने बताउनुभयो । दशैँलगत्तै ७७ वटै जिल्लामा पुगेर गाउँगाउँसम्म पार्टी र नागरिकबीचको सम्बन्ध पुनःस्थापित गर्ने अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

सभापति थापाले भन्नुभयो, “असोज ४ गतेबाट हाम्रो अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ र १६ गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ । समयमा महाधिवेशन सम्पन्न गर्छौँ । सबै साथीहरूले महाधिवेशनमा भाग लिनुहुन्छ । कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन ।”

महाधिवेशनमा हुने प्रतिस्पर्धालाई पार्टीभित्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले प्रतिस्पर्धाबाट जिम्मेवारी पाउने र नपाउने दुवै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो ।

पार्टीभित्र देखिएका समस्यामै अल्झिरहँदा नागरिकसँगको सम्बन्ध झनै कमजोर हुनेतर्फ कांग्रेस गम्भीर रहेको पनि उहाँले बताउनुभयो । “अधिवेशनले अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ । नागरिकसँगको विश्वास पुनःस्थापित गर्नुपर्नेछ,” उहाँले भन्नुभयो ।

महाधिवेशनपछि कांग्रेस नागरिकसँगको सम्बन्ध पुनःस्थापित गर्ने यात्रामा अघि बढ्ने र त्यसका लागि देशभर अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ।