८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

पर्साको बालसुधार गृहमा होली मनाइयो

पर्साको बालसुधार गृहमा होली मनाइयो
अ+ अ-

पर्सा। यहाँस्थित बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

“बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकनु भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “बालबालिकालाई अबिर लगाउनुका साथै मिष्ठान्न परिकार खुवाएका हौँ, होली मनाउन पाउँदा उनीहरु निकै हर्षित देखिन्थे ।” उहाँले होलीले त्यहाँ रहेका बालबालिकालाई आत्मबल बढाउन र सुधारको बाटोमा अघि बढ्न प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

“बालसुधार गृहमा बसेर पनि जीवनमा धेरै काम गर्न सकिन्छ, म त्यहाँ रहेका बालबालिकालाई सिर्जनात्मक बन्न आह्वान गर्दछु, जिन्दगी जिउने कला सिकेर सकारात्मक बाटोमा अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । कार्यक्रममा बालबालिकाले गीत, कविता मुक्तक वाचन गरेका थिए ।

त्यसअवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको उपस्थिति थियो । बालबालिकालाई व्यवसायी रोशन गुप्ताले भोजन गराउनुभएको थियो ।

अबिर र फूलको वृष्टि गरेर मनाइयो होली

आजै वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आज अबिर र पुष्पवृष्टि गरी पहाडी र तराई–मधेसका समुदायका युवाले होली मनाएका हुन् । गहवामाई तीर्थ विकास समितिले आयोजना गरेको ब्रजको होलीमा दुवै समुदायका युवाहरुले एकआपसमा शुभकामना साट्टासाट गर्दै सौहार्दपूर्ण ढङ्गले होली मनाए ।

“फूल र अबिरको वर्षात् गरेर होली मनाएको दृश्य निकै रमणीय देखिन्थ्यो”, सामाजिक अभियन्ता प्रकाश थारुले भन्नुभयो, “मधेस आन्दोलनले पहाडी र तराईका समुदायबीच विभाजनको रेखा कोर्न खोजेपनि यहाँका दुवै समुदायले पुरानै सुमुधुर सम्बन्धलाई बचाउँदै होली मनाउनुभएको छ ।”

फागु पूर्णिमाको दिन पहाडी  जिल्लामा होली मनाउने चलन छ  भने तराई–मधेसमा भने त्यसको भोलिपल्ट मनाउने गरिन्छ । “वीरगञ्जमा विभिन्न समुदायको बसोबास रहेकाले दुई दिन नै होली मनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यहाँ मारवाडी समुदायले आफ्नै किसिमका हुन्छन् । पहाडी र मधेसी समुदायले आफ्नै शैलीले होली मनाउँदै आएका छन्, होलीका कारण दुवै समुदायमा भातृत्व विकास भइरहेको छ ।”

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान बाटिका माविको परिसरमा युवा अभियान मधेस प्रदेशले विद्यालयको पर्खाल रङ्गाएर होली पर्व मनाएका छन् । युवा अभियान मधेस प्रदेशका अध्यक्ष गङ्गा श्रेष्ठले होलीलाई अनावश्यक तडकभडक ढङ्गले मनाउनुभन्दा रचनात्मक ढङ्गले विद्यालयको पर्खाल रङ्गाएर मनाएको बताउनुभयो ।

प्रदेशसभा सदस्य शङ्कर चौधरीले युवाहरूले विद्यालयको पर्खाल रङ्गरोगन गर्ने काम प्रशंसनीय रहेको बताउनुभयो । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकाले शिक्षाको विकास र प्रवर्द्धनका लागि काम गर्दै आइरहेको उल्लेख गर्नुभयो । रासस