२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र हलमा रिलिज भयो ‘अञ्जिला’, कस्तो छ प्रदर्शनको सुरुवात ?



अ+ अ-

काठमाडौं। फागु पूर्णिमाको अवसर पार्दै नेपाली चलचित्र ‘अञ्जिला’ सार्वजनिक प्रदर्शनमा आएको छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।

सोमवार काठमाडौंमा भएको प्रिमियर यस चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । ‘अञ्जिला’लाई देशभरमा हलहरूले उत्साहजनक शो प्रदान गरेका छन्, जसमा सुरुवातका धेरै शोहरूमा दर्शकको चाप देखिएको छ ।

सामान्यतया फागु पूर्णिमाको दिन मध्य दिनसम्मका शोहरूमा दर्शक कम देखिने गरेता पनि ‘अञ्जिला’को हकमा भने त्यो लागु भएको छैन । सुरुवातीका शोहरूमा समेत दर्शकको सङ्ख्या व्यापक देखिएको वितरक करण श्रेष्ठले बताए ।

यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन् । चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो ।

निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरे । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एन्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।




भर्खरै