२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताउनुभयो । “राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाएहुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासङ्घको सहयोग पनि आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने भनाइ राख्नुभयो । उहाँले नेपालमा राजनीतिक दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको भन्दै अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो ।

महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गर्न आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै शिक्षाले नागरिक कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले शिक्षक र कर्मचारी हितमा चाँडै शिक्षा ऐन जारी गर्नुपर्ने बताउनुभयो । उहाँले ऐन जारी गर्नका लागि राजनीतिक दललाई दबाब दिनका लागि धर्ना कार्यक्रम राखिएको बताउनुभयो ।

महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत यही फागुन २७ गतेदेखि चैत ५ गतेसम्म शिक्षा ऐन जारी गर्न र विद्यालय शिक्षा विधेयक अघि बढाउनका लागि प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिइरहेको छ । रासस