८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’
अ+ अ-

मोरङ। सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह महिला मैत्री हुुनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज यहाँ आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता’सम्बन्धी अन्तरक्रियाका सहभागीले महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृहले महिला पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन महासङ्घले आवश्यक अनुगमन र पहल गर्नुपर्नेमा जोड दिए ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सङ्घीय गणतन्त्रलाई प्रवर्द्धन गर्न र सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजमा सञ्चारलगायत अन्य क्षेत्रमा महिलामाथि हुने विभेदको अन्त्यका लागि सबै एकजुट भएर लाग्नसमेत आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारलाई न्यून पारिश्रमिकमा काम नगर्न आह्वान गर्दै मन्त्रालयले महिलाका लागि लेखनवृत्ति रकम वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, उपाध्यक्षद्वय सन्तोष सिग्देल र तारा आचार्य, सचिव नेत्र पि अधिकारी, कोशी प्रदेश अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, पत्रकार विवेक गौतमलगायतले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेलले ‘पत्रकारितामा महिला पत्रकारको स्थायित्वको सवाल’ र कान्तिपुर टेलिभिजनका उपसम्पादक महाप्रसाद खतिवडाले ‘सञ्चार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र भावि रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
रासस