• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

सामन्थासँगको सम्बन्धविच्छेदमा नागालाई पश्चाताप छैन



एजेन्सी । साउथ फिल्म स्टार नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले गतवर्ष सम्बन्धविच्छेद गरे । 

यो जोडीलाई आदर्श मान्ने उनका फ्यानहरु उनीहरु को निर्णयले दुःखी बने । यद्यपि, उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन ।

नागाले हालैमात्र मिडियासँग आफूहरुको सम्बन्धविच्छेदका बारेमा प्रतिक्रिया दिएका छन् । उनले सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका हुन् ।

‘कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन । हामी दुवैले मिलेर यो निर्णय लिएका हौं । यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु । हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो । त्यो समयमा त्यहीमात्र अन्तिम विकल्प थियो’, उनले भनेका छन् । 

सामान्था र नागाले चार वर्षअघिको वैवाहिक सम्बन्धलाई गतवर्षको अक्टोबर २ मा अन्त्य गरेका थिए ।