२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामन्थासँगको सम्बन्धविच्छेदमा नागालाई पश्चाताप छैन



अ+ अ-

एजेन्सी । साउथ फिल्म स्टार नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले गतवर्ष सम्बन्धविच्छेद गरे । 

यो जोडीलाई आदर्श मान्ने उनका फ्यानहरु उनीहरु को निर्णयले दुःखी बने । यद्यपि, उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन ।

नागाले हालैमात्र मिडियासँग आफूहरुको सम्बन्धविच्छेदका बारेमा प्रतिक्रिया दिएका छन् । उनले सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका हुन् ।

‘कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन । हामी दुवैले मिलेर यो निर्णय लिएका हौं । यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु । हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो । त्यो समयमा त्यहीमात्र अन्तिम विकल्प थियो’, उनले भनेका छन् । 

सामान्था र नागाले चार वर्षअघिको वैवाहिक सम्बन्धलाई गतवर्षको अक्टोबर २ मा अन्त्य गरेका थिए ।