८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिनमै समापन गरियो चितवन महोत्सव



अ+ अ-

रत्ननगर । पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गर्नुभएको हो ।
 
“कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अर्को वर्ष हामी १४औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको  घोषणा आजै गर्छु ।” चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसँगै महोत्सव समापन गरिएको बताइएको छ । महोत्सव आगामी माघ ४ गते समापन गर्ने कार्यक्रम थियो । 

चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा रहेको चितवन महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टाछुट्टै परिसर रहेका थिए । त्यस्तै महोत्सवमा चारवटा विशेष स्टल तथा डोमसहित बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीलगायत ३५० वटा स्टल राखिएका थिए ।