• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

उपत्यकाका सडकमा निषेधाज्ञाको पहिलो दिन (फोटोफिचर)



काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । 
उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गएरातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपनि उपत्यका सुनसान देखिएको छ । आज अत्यावश्यक बाहेकका सवारी साधान सञ्चालनमा प्रतिवन्ध लगाइएको  छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् ।

सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिग सेन्टरमा राखेको छ । चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । निषेधाज्ञा अवधिभरी पसलरुपनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यन्न लागयतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ ।हिजो मात्रै उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आजसम्म काठमडौंमा १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ संक्रमित रहेका छन । देशभरी संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । 

आजबाट जारी भएको निषेधाज्ञाको अवस्थामा उपत्यकाका विभिन्न सडकहरुमा देखिएको दृश्यहरु के–कस्ता थिए ? हेरौं यी तस्विरहरु…

(फोटो फिचर)