५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई, नागढुंगामा निकै लामो जाम



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले गएरातिबाट लागु हुनेगरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो ।

उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका भित्रिइरहेका छन । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ । चेकजाँचमा कडाई भएपछि नागढुंगामा निकै लामो जाम देख्न सकिन्छ ।

उपत्यकाबाट बाहिर जाने सवारी न्यून मात्रामा भएपनि उपत्यका भित्रिने सवारीको संख्या अधिक रहेको छ । नाकामा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएरातिबाट लागु हुनेगरी निषेधाज्ञा गारी भएपनि उपत्यकाका सडक सुनसान देखिएका छन । सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका निषेधाज्ञा जारी गरिएको हो । आजमात्रै नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।