२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न



अ+ अ-

नुवाकोट। जिल्लाको किस्पाङ गाउँपालिकामा ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता थियो ।

‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालयका राधिका रैला प्रथम, ऐसेलु भूमे माध्यमिक विद्यालयका लक्ष्मी विक द्वितीय र ज्ञानज्योति माध्यमिक विद्यालयका पूजा तामाङ तृतीय भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख प्राडा सोमप्रसाद खतिवडा नेतृत्वको निर्णायक समितिले वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थी छनोट गरेको हो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार पुरस्कार प्रदान गरियो ।

दुई दिवसीय प्रतियोगिताको समापनका अवसरमा पुरस्कृत सबैलाई गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

स्थानीय सम्पदा र संस्कृति विषयक चित्रकला प्रतियोगितामा आधारधूत तहतर्फ पञ्चलिङ्गे माविका सरस्वती घले प्रथम, जल्जुखोला माविका मनिष घले द्वितीय र ज्ञानज्योति माविका सञ्जिता तामाङ तृतीय भएका हुन् ।

माध्यमिक तहतर्फ किस्पाङ बहुप्राविधिक विद्यालयका सम्झना गुरुङ, ऐसेलु भूमे माविका पाल्देन ग्याल्जोन घले द्वितीय र पञ्चलिङ्गे माविका धनुमाया तामाङ तृतीय भएसँगै विजयीले क्रमशः रु नौ हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

चित्रकला प्रतियोगिताको निर्णायकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति लालकाजी लामा रहनुभएको थियो । कार्यक्रमअन्तर्गत बुधबार समूहगत र एकल लोकनृत्य प्रतियोगिता आयोजना भएको थियो ।

कार्यक्रममा गायक तथा सङ्गीतकार वैकुण्ठ महतका साथै विभिन्न प्रतिभाको प्रस्तुति रहेको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीले ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ लाई आगामी वर्षमा पनि निरन्तरता दिने जानकारी दिनुभयो ।

शिक्षालयमा रक्तदान

यसैबीच, मानवीय सेवाको भावना विकासका लागि किस्पाङ बहुप्राविधिक शिक्षालयको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, नुवाकोटको प्राविधिक सहयोग भएको कार्यक्रममा विद्यार्थी र अन्य गरी ४० जनाले सहभागिता जनाई ४० पाउण्ड रगत सङ्कलन गरिएको शिक्षालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले यस्तो कार्यक्रमबाट सामान्य चिकित्सा र स्वास्थ्य सहायक अध्ययनरत विद्यार्थीलाई व्यवहारिक सिकाइ पनि भएकाको बताउनुभयो । रक्तदाताहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । रासस