३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल

विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको विशेषता विचार र बहसलाई निरुत्साहित गर्नु नभई प्रोत्साहन गर्नु रहेको बताउनु भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय भेलामा उपाध्यक्ष पौडेलले पार्टीभित्रको बहस स्वस्थ, मर्यादित र विधिसम्मत हुनुपर्ने धारणा राख्नुभयो ।

भेला पछि सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ

प्रतिनिधि सभा निर्वाचन( २०८२ को समिक्षा र पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव सङ्कलन गर्न कपिलवस्तुको चन्द्रौटामा आज आयोजित लुम्बिनी प्रदेश स्तरीय भेलामा अत्यन्त उचाईबाट आ(आफ्ना विचार विश्लेषण प्रस्तुत गर्नुहुने कमरेडहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

छलफलमा भाग लिनुहुने कमरेडहरूले ब्यक्त गर्नुभएका विचारहरूलाई कार्यदलका पदाधिकारी तथा सदस्यहरूले ध्यानपूर्वक र तटस्थ भावका साथ सुनेकाछौं । ब्यक्त विचारहरू कार्यदलका लागि, अन्ततस् समग्र पार्टीका लागि अत्यन्त उपयोगी हुनेछन् ।

नेकपा ९एमाले०को विषेशता विचारको छलफल(बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्ने हो । यस् सन्दर्भमा जनताको वहुदलीय जनवाद प्रतिपादनको पृष्ठभूमिमा भएको वहस र त्यसक्रममा प्राप्त भएको ऐतिहासिक उपलब्धि विशेष रूपमा स्मरणीय छ। निसन्देह, पार्टी भित्रको बहस(छलफल स्वस्थ, मर्यादित र विधिसम्मत् हुनुपर्दछ, त्यसले पार्टीलाई उन्नत निष्कर्षमा पुग्न र आन्तरिक एकतालाई बलियो बनाउन मद्दत गर्नु पर्दछ।

समग्र देशको जस्तै लुम्विनीको कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण विरासतको पछिल्लो कडिमा गंभीर धक्का वा पराजय जोडिन आईपुगेको छ । यो अवस्थाले हामी सबैलाई अत्यन्त चिन्तित तुल्याएको छ । तथापि शिक्षा लिएर, सच्चिएर, पुनर्गठित भएर नेपाली कम्युनिस्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्ने कमरेडहरूको सुझावका लागि धेरै-धेरै धन्यवाद छ ।