२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैनः उपाध्यक्ष शाक्य



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रिय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि सामन्ती अवशेषहरु अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको बतउनु भयो । अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको बताउनु भयो । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘सोचमा रुपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ । अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ । पितृसत्ता छ । सामन्ती अवशेषहरु बाँकी रहेका छन् । सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ । त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ । सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक संघर्ष जरुरी छ । सामन्ती अवशेष सहजै हट्दैन । अहिले जलवायु परिवर्तनको कुरा गरिरहँदा अत्यन्तै जटिलतापूर्ण छ । जलवायु परिवर्तनको मुद्दा राजनीतिक मुद्दा बन्नुपर्छ । जलवायु परिवर्तनले नेपाल पीडित हो । अब यो विषयलाई सामान्य छलफल गरेर पुग्दैन । अझै गहिराईका साथ छलफल गर्नुपर्छ । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्छ ।’

उपाध्यक्ष शाक्यले आफूहरु संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताउनु भयो । आफूहरुको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी गर्नुभयो ।