६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीमा सना प्रवीनको डेब्यू



अ+ अ-

काठमाडौँ । सना प्रवीनले नेपाली राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी छन् ।

युगान्डामा जारी वुमन्स डे टी–२० कपअन्तर्गत घरेलु टोलीविरूद्ध खेल्दै उनले डेब्यू गरेकी हुन् ।

योसँगै, नेपाली यू–१९ टोलीबाट आइसिसी महिला यू–१९ विश्वकप खेलिसकेकी प्रवीन सिनियर महिला टोलीबाट खेल्ने ३८औं खेलाडी बनेकी छन् ।

युगान्डामा भइरहेको प्रतियोगितामा नेपालले अहिले घरेलु टोलीसँग टस जितेर पहिले बलिङ गरेको छ ।

नेपाल, हङकङ, नामिबिया र युगान्डा सम्मिलित प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले हार बेहोरेको थियो ।