२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा हौसिन आवश्यक छैनः गृहमन्त्री लेखक



अ+ अ-

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् ।

आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका हुन् ।

जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्केको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास नगर्न गृहमन्त्री लेखकको भनाई छ ।

‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन ।’, उनले भने, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतयास् आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदास छ, कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’

यस्तै, गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत चेतावनी दिए ।