५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

४७ जना फरार मुद्दाका पक्राउ, रु १० लाख राजश्व सङ्कलन

४७ जना फरार मुद्दाका पक्राउ, रु १० लाख राजश्व सङ्कलन
सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका फरार व्यक्तिबाट रु १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । ज्यान मुद्दा, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए । यसरी फरार हुने मुद्दामा अधिकांश चोरी घटनाका छन् ।
 
तनहुँको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक अरुण पौडेल आउनु भएलगत्तै फरार व्यक्तिको खोजी र पक्राउ अभियान थालिएको हो । उनी आएको करिब दुई महिनाको अवधिमा प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उनले भने, “विभिन्न मुद्दाका फरार व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि जिल्लावासीले सुरक्षाको अनुभूति गर्न थालेको महसुस गरिएको छ ।”
 
एकै व्यक्तिबाट सात लाख बढी राजश्व सङ्कलन 

जालसाजी मुद्दामा फरार रहेका जिल्लाको बन्दीपुर गाउँपालिका–२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट रु सात लाख २५ हजार राजश्व सङ्कलन भएको छ । कामीउपर तनहुँ जिल्ला अदालतको विसं २०७४ भदौ ४ गतेको फैसलाले उक्त रकम जरिवाना फैसला गरेको थियो । निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले फेला पारी कानूनी रीतपूर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो ।