• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

भारतमा कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी



भारत । भारतमा कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढि पुगेको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार १ सय १ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ द्वारा संक्रमित छन् । यहाँ कोरोनाका एक्टिभ केस ७ लाख ६ हजार १ सय ३८ रहेका छन् ।

भारतमा कोरोनाले सबैभन्दा धेरै महाराष्ट्रलाई प्रभावित पारेको छ । यहाँ ६ लाख ७१ हजार ९ सय ४२ संक्रमित छन् भने २१ हजार ९ सय ९५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा राज्यमा कोरोनाका १४ हजार ४ सय ९२ नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७ को मृत्यु भएको छ ।