४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

प्रधानमन्त्री मोदीको ध्यानविरुद्ध तमिलनाडु कांग्रेस उच्च अदालत पुग्यो

प्रधानमन्त्री मोदीको ध्यानविरुद्ध तमिलनाडु कांग्रेस उच्च अदालत पुग्यो
अ+ अ-

एजेन्सी । शुक्रबार कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानको दोस्रो दिन हो ।

बिहान ध्यान गरिरहेको उनको तस्बिर सार्वजनिक भएको छ । उनले भगवा लुगा, हातमा रुद्राक्ष माला र निधारमा तिलक लगाएको देख्न सकिन्छ ।

उनले सूर्यलाई अर्घ्य दिए, मन्दिरको परिक्रमा गरे र ध्यान आसनमा बसे । प्रधानमन्त्री विवेकानन्द रक मेमोरियलमा जुन १ गते बिहान १० बजेसम्म रहनेछन् ।

अर्कोतर्फ विपक्षीले मोदीको ध्यानलाई आचारसंहिताको उल्लंघन भनेका छन् । तमिलनाडु कांग्रेसले प्रधानमन्त्रीले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएको छ । यसविरुद्ध मद्रास उच्च अदालतमा याचिका दायर गरिएको छ ।

प्रधानमन्त्री मोदी बिहीबार साँझ कन्याकुमारी पुगेका थिए । सर्वप्रथम भगवतीदेवी अम्मान मन्दिरमा दर्शन र पूजा गरिएको थियो । मोदीले पूजाको क्रममा सेतो मुन्डु (दक्षिण भारतको लुगा) र सल लगाएका थिए । पुजारीहरुले उनको विशेष आरती गरेका थिए । प्रसाद, शाल र देवीको तस्विर उनलाई दिए ।

तमिलनाडु कांग्रेस कमिटीले मद्रास उच्च अदालतमा दायर गरेको याचिकामा भनिएको छ ‘विवेकानन्द रकको प्रधानमन्त्रीको भ्रमणमा कसैले आपत्ति गर्न सक्दैन, तर लोकसभा चुनाव २०२४ को ७ औं चरणको कूलिंग अवधिमा उनको भ्रमण एक प्रयास हो । हिन्दू भावना भड्काएर आफ्नो आधिकारिक पदको दुरुपयोग भोट प्राप्त गर्ने प्रयास हो । त्यसैले यसमा कारबाही हुनुपर्छ ।’

निर्वाचनका क्रममा प्रधानमन्त्रीको ध्यानयात्रामा निर्वाचन ऐनमा कुनै प्रतिबन्ध छैन । निर्वाचन आयोगले २०१९ को लोकसभा चुनावमा पनि प्रधानमन्त्रीलाई यस्तै अनुमति दिएको थियो ।