• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु

भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु



Voters queue up to cast their ballots at a polling station in Varanasi on June 1, 2024, during the seventh and final phase of voting in India’s general election. Voting in India’s election concludes on June 1, with Hindu-nationalist Prime Minister Narendra Modi strongly favoured to win a third term in office. (Photo by Niharika KULKARNI / AFP)

लखनऊ । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताउनुभएको छ ।

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ।
सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताउनुभयो । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।

“मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया (अठार हजार अमेरिकी डलर) को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ“, रिन्वाले पत्रकारहरूलाई बताउनुभयो । जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भई मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् ।

“बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो“, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउदै भन्नुभयो । बढ्दो तापक्रमसँग भारत अपरिचित छैन। तर जलवायु परिवर्तनले तातो छालहरू लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ ।