५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

सङ्क्रमितलाई घृणा होइन, सहयोग र माया दिऔँ

सङ्क्रमितलाई घृणा होइन, सहयोग र माया दिऔँ
अ+ अ-

काठमाडौं । “हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु” कोभिड–१९बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, “यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाति, तपाइको छिमेकी यस्ता नपरुन् हाम्रो शुभकामना ।”

उहाँको स्टाटसको अन्त्यमा उल्लेख गर्नुभएको सन्देश छ, “सामाजिक बहिस्कारको पीडा अरुलाई नपरोस्, आत्मबल कमजोर भएका तिमीहरुका हर्कतबाट नमरुन् ।”

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा बगाले कोभिड–¬१९ का सङ्क्रमितको उपचारमा अहोरात्र खटिँदा पोजेटिभ रिपोर्ट आयो । त्यसबारे कसरी जोगिने भनेर उहाँलाई राम्रो ज्ञान छ । समुदायमा नजाओस् भनेर आफैँ घरभित्र सुरक्षित भएर बसिरहेका बेला कोरोना सङ्क्रमण भएको भनेर सामाजिक बहिष्करणमा पर्नुभयो । यस्ता सामाजिक बहिष्कारले मानिसलाई आत्महत्यासम्म पुर््याउन सक्नेतर्फ सचेत गराउनकै लागि उहाँले स्टाटसमार्फत सन्देश प्रवाह गर्नुभयो ।

होम आइसोलेसनमा बसिरहनुभएका उहाँको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । यसअघि पनि कुनै लक्षण भने नदेखिएको डा बगालेले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेका गतिविधि समस्याग्रस्त छन् भने त्यसलाई निगरानी गर्ने हो, गतिविधिप्रति सचेत छ भने सङ्क्रमित पनि घरमै बस्दा राम्रो मान्नुपर्नेमा समाजले व्यानर राखेरै झन् पीडा थप्नु हुँदैन ।” लक्षण देखिएकालाई मात्रै अस्पताल लानुपर्ने सुझाव उहाँको छ ।

घरमा बसेको अनुभव सुनाउँदै उहाँ अब होम आइसोलेसन विकास गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गर्नुहुन्छ । सरकारले त्यस्ता व्यक्तिका लागि घरमा राख्न मिल्ने गरी मापदण्डसमेत तयार पारिसकेको छ । लक्षण नदेखिएका र बस्न सक्ने जति घरमै बस्दा राम्रो हुने र समाजले पनि त्यसैगरी सहयोग गर्नुपर्ने धारणा उहाँको छ । 

दुई हप्ताअघि उहाँको घर वरपर टोल सुधार समितिका टोली ठाउँठाउँमा खतरा भनेर लेखिएको व्यानर टाग्न थाले । त्यसपछि डा बगालेकै घरमा टाँस्न थाले । उहाँले यसो नगर्नुस् भन्दाभन्दै पनि राखेर गए । यस्ता गतिविधिले कमजोर मानिसले मनोसामाजिक समस्यामा फस्नेतर्फ कसैल हेक्का पनि राखेनन् ।

“आफ्नो गतिविधि मान्छेले हेर्दैन, अरुको गतिविधि र अरुको कुरामा धेरै चासो दिन्छ र गफ मात्र दिन्छ, ऊ भने गाउँमा गफ लडाएर डुलिरहेको हुन्छ,” कुकारानीका क्रममा डा बगालेले भन्नुभयो, “एकजना पोजेटिभ देखियो भने घर घेर्न हिँड्छ मान्छे ।”

काठमाडौँको मैतीदेवीको एक घरमा त्यसैगरी कोरोना देखियो । त्यस घरलाई पनि समाजले त्यहीरुपमा हेरिरहेको छ । आफू दिनभर डुल्ने अनि त्यस घरका मानिसको कुरा काट्न भनेपछि नपर्ने अवस्था छ भन्छन् यहाँका स्थानीय नै ।

केही दिन अघि भक्तपुरको मध्यपुरथिमी नगरापलिका–५ मा पनि त्यस्तै घटना भयो । सङ्क्रमित देखिएपछि छिमेकीले बाहिर जान नपाओस् भनेर बाहिरबाटै चुकुल लगाइदिए । नगरापलिकाको टोली तथा स्वास्थ्यकर्मी आएर सम्झाएपछि मात्रै समुदाय चुकुल खोल्न तयार भए । यसले मानिसमा नकारात्मक सोचको विकास हुने नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

जतिभने पनि समुदायले स्वीकार गर्न गाह्रो पर्ने देखिएको उहाँ अनुभव सुनाउनुहुन्छ । त्यही गाउँमा एउटा परिवारका व्यक्ति बाहिरबाट आएका थिए । विहान पाउरोटी किन्न जाँदा पसलवाला नै दोकान छाडेर भागेको तीतो अनुभव सुनाउनुभयो उहाँले । यस्ता घटना मुलुकका धेरै ठाउँमा भए पनि मानिस बोल्न सकिरहेका छैनन् । हेलत्व र पीडा सहेर बसिरहेका छन् । टोलटोलमा सामाजिक तिरस्कार सहेर बस्नु परिरहेको छ । 

शनिबार साँझ पनि बानेश्वरको सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी राखिएको एक घरमा स्थानीय गएर घेरा हाले । 

यो घटना यस्तो अमानवीय प्रकृतिको थियो कि रोगको राउपचार गर्ने चिकित्सकलाई नै त्यहाँबाट निकाल्नुपर्ने स्थानीयको माग थियो । सुन्दा पनि अचम्म लाग्ने र दया जाग्ने यस्तो घटना मुलुकको राजधानी कै मुटु मानिने बानेश्वरका बासिन्दाले गर्छन् भने देशका अन्य भागमा हुने घटनालाई के भन्ने रु  

मान्छेले लापरवाही पनि गरिरहेकाले शङ्का उब्जेको पाइन्छ । “कन्ट्याक्ट ट्रेसिङमा भएको मान्छे वेपरवाह गर्दै हिँड्न पनि भएन, प्रमुख श्रेष्ठले भन्नुभयो, “समाजले पनि सङ्क्रमितलाई घृणा नगरी सावधानी अपनाएर माया दिनुपर्छ ।” यी प्रतिनिधि घटना हुन् । तर यस्ता घटना बढ्दो छ । यसतर्फ सामाजिक अगुवाको ध्यान नजाँदा अवस्था जटिलतातर्फ जाँदै छ । 

कोभिड–१९ सरुवा रोग हो । मानिसबाट सजिलै सर्न सक्ने भएकाले मानिसले अपराध गरेको झैँ घृणा गर्नु भनेको सामाजिक अपराध हो । यसले मानिसलाई विक्षिप्त बनाउने र अपराध कर्म अर्थात आत्महत्यसम्म पुर्याउने हुँदा समाजका प्रतिनिधि झनै सचेत हुनुपर्ने मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना बताउनुहुन्छ । उहाँ समाजले त्यस्ता व्यक्तिलाई घृणा होइन, सहयोग र माया गर्नुपर्ने बताउनुहुन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम हामी जो कोही पनि सङ्क्रमित हुन सक्ने हुँदा सङ्क्रमित हुँदैमा बरबादै भयो भन्ने सोचनाई राख्नु गलत हो भन्नुहुन्छ । यस रोग ८० प्रतिशत आफैँ निको भएर जान्छ । सरकारले जटिल रोग नआएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी मापदण्ड बनाएको अवस्थामा त्यसलाई स्वीकार गर्न समाज तयार हुनुपर्छ ।

“यो सङ्क्रमितको घर हो भनेर लेखेर टाँस्दा समाज कति असामाजिक भइरहेको छ भन्ने देखाउँछ, यस्ता भेदभावजन्य क्रियाकलापले समाजमा धेरै नकारात्मक असर पार्छ, डा गौतमले भन्नुभयो, “यसले सङ्क्रमण लुकाउने अवस्था आउने र मनोसामाजिक समस्या बढ्ने हुँदा भेदभावजन्य क्रियाकलापमा संलग्न नहुन र त्यस्ता गतिविधि निरुत्साहित गर्नुपर्छ ।”

अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सरसफाइकर्मीलाई सबै अग्रपङ्तिमा खटिनेलाई कोभिड–¬१९ देखिँदै आएको छ । उनीहरुलाई कसरी सर्यो भनेर कन्ट्रयाक्ट ट्रेसिङ गराउन सम्भव छैन । त्यसैले हामी आफैँ सावधानी अपनाउनु नै यसको महत्वपूर्ण उपचार हो । 

अझै स्थिति जटिल बन्दै छ । मङ्गलबार मात्रै एकैदिन एक हजार बढीमा सङ्क्रमण देखियो । एकै दिनमा ११ जनाको मृत्यु हुनु सामान्य होइन । विवरणले निक्कै सावधानी अपनाउनु पर्छ भनेर देखाएको छ, भन्नुहुन्छ डा गौतम ।

सङ्क्रमितलाई समुदायले पनि सकारात्मकरुपमा सोच्नुपर्छ । खाली क्षेत्रमा वडा र नगरपालिकाले व्यवस्थापन गरी घरमा बस्न नमिल्ने भएमा लक्षण नदेखिएकालाई त्यहाँ राख्ने संरचना विकास गर्नु पर्ने आवश्यकता छ । 

अस्पताल भरिँदै आएको अवस्थामा समाजका अगुवाले सङ्क्रमण फैलिन नदिन हाम्रो पनि सहभागित महत्वपूर्ण छ भन्ने सोचको विकास गर्नुपर्छ । तब मात्रै सभ्य समाज निर्माण गर्न सकिन्छ । सरकारले मात्रै गर्छ, उसको मात्रै जिम्मेवारी हो भनेर समाजले आफ्नो भूमिका निभाउन नसके अवस्था जटिल हुँदै जाने जनस्वास्थ्यविद्को भनाइ छ ।

जनस्वास्थ्यविद् डा अनिल भट्टराई सबैले स्वास्थ्य मापदण्ड इमान्दारीपूर्वक प्रयोग गरेमा रोगबाट जोगिन सकिने बताउनुभयो । उच्च मनोबल नभएमा कडारुप लिने भएकाले मानिसलाई रोग लाग्दैमा हेय भाव पैदा गराउन नहुनेमा जोड दिनुभयो । 

यो बेलामा अत्यावश्यक बाहेक घर बाहिर नस्किन सरकारले अनुरोध गरेको छ । निस्किए अनिवार्य मास्क लगाउन, दुई मिटरको दुरी कायम गर्न, भीडभाडमा नजान, राम्ररी सावुन पानीले हात धुन वा सेनिटाइजर लगाउन मन्त्रालयले सबैमा अनुरोध गर्दै आएको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–¬१९ को सङ्क्रमण नेपालसमेतमा उच्च दरमा फैलिएकाले त्यसलाई रोक्न जिल्ला जिल्लाले विभिन्न निर्णय गरेर अत्यावश्यक बाहेकका गतिविधिमा निषेधको आदेश जारी गरेको छ । उपत्यकासमेतमा बुधबार रातिदेखि उक्त आदेश लागू गरिएको छ । 

मुलुकमा दैनिक ५०० देखि १००० सम्म कोभिड–¬१९ सङ्क्रमित फेला पर्न थालेका छन् । एकैदिन ११ जनासम्मको मृत्यु भएको छ । उपत्यकामा दैनिक सयभन्दा बढी देखिँदै आएको छ । यसले उपत्यकालगायत केही ठाउँमा भने महामारीकै अवस्थामा सङ्क्रमण छ । मृत्यु हुनेको सङ्ख्या १४० भन्दा बढी पुगिसकेको छ ।  

कोभिड–१९ को सङ्क्रमण सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनमा देखिएको । नेपालमा गत माघ ९ गने चीनबाट आएका एक व्यक्तिमा पहिलो पटक यो सङ्क्रमण देखिएको थियो । वैशाख यता भने ह्वात्तै देखिएको हो र अहिले पनि कायमै छ ।