६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाइरहेको छः सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो ।

सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरु भेटिने गरेको उहाँको भनाइ छ । नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरु रमाइरहेको उहाँको जिकिर छ । उहाँले यही प्रवृत्तिको विकास गर्यो भने देश कतातिर जान्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज देशमा अराजकता, उदण्डताहरुले प्रश्रय पाएको छ । आज सामाजिक सञ्जालहरुमा हेर्नै नसकिने शब्दहरु लेखिएको हुन्छ । आज देशमा अपशब्दहरु प्रयोग गर्ने, हुटिङ गर्ने कुरामा हाम्रा दलका साथिहरु रमाइरहेका छन् । म उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले यस्तो समाज निर्माण गर्यौंं भने हामी देश कतातिर लग्नसक्छ?’

उहाँले संसदको ध्यान समेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गर्नुभयो । उहाँले सबैभन्दा बढी उद्योगीहरु कालोसूचीमा परेको कारण आर्थिक सुधार गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।