५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

दुःख छ देशलाई ! कोरोनासँग लड्ने कि अचेतनासँग ?

दुःख छ देशलाई ! कोरोनासँग लड्ने कि अचेतनासँग ?
अ+ अ-

काठमाडौँ । चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो– “हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु ।” कोभिड १९ बाट सङ्क्रमित डाक्टर घर बसिरहेका बेला उनले लेखेका छन्, “यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाति, तपाइको छिमेकी यस्ता नपरुन् हाम्रो शुभकामना ।”

उनको स्टाटसको अन्त्यमा दिइएको सन्देश छ, “सामाजिक बहिस्कारको पीडा अरुलाई नपरोस्, आत्मबल कमजोर भएकाहरु तिमीहरुका हर्कतबाट नमरुन् ।” उनी आफै उक्त अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुन् । डा.बगाले आफू कोभिड­१९ का सङ्क्रमितको उपचारमा अहोरात्र खटिँदा पोजेटिभ रिपोर्ट आएको कुरा त सबैलाई विदितै छ । त्यसबारे कसरी जोगिने भनेर उनलाई राम्रो ज्ञान नभएको पनि होइन । समुदायमा नजाओस् भनेर आफै घरभित्र सुरक्षित भएर बसिरहेका बेला व्यहोर्नुपरेको यस्तो व्यवहार अत्यन्तै निन्दनीय छ, अत्यन्तै घृणायोग्य छ । यस्ता कथित सामाजिक बहिष्कार भनिएका व्यवहारले मानिसलाई आत्महत्यासम्म पुर्याउन सक्नेतर्फ सचेत गराउनका लागि सबैले ध्यान दिनु जरुरी छ । 

शनिबार साँझ यस्तो हर्कत देशको राजधानीमै देखियो । मध्यबानेश्वरको सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी राखिएको एक घरमा स्थानीय गएर घेरा हाले । यो घटना यस्तो अमानवीय प्रकृतिको थियो कि रोगको उपचार गर्ने चिकित्सकहरुलाई नै त्यहाँबाट निकाल्नुपर्ने स्थानीयको माग थियो । सुन्दा पनि अचम्म लाग्ने र दया जाग्ने यस्तो घटना मुलुकको राजधानीकै मुटु मानिने बानेश्वरका बासिन्दाले गर्छन् भने देशका अरु भागको आशा के गर्ने ? यस्ता घटनालाई के भन्ने ? 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हामी जो कोही पनि सङ्क्रमित हुन सक्ने हुँदा सङ्क्रमित हुँदैमा बरबादै भयो भन्ने सोचनाई नराख्न दिनदिनै भनिरहेकै हुन्छन् । यस रोग ८० प्रतिशत आफैँ निको भएर जान्छ पनि उनले भनेकै छन् । सरकारले जटिल रोग नआएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी मापदण्ड बनाएको अवस्थामा त्यसलाई स्वीकार गर्न समाज तयार हुनुपर्छ भन्ने सन्देश पनि सरकारले दिएकै छ । अनि अर्काे तथ्य के पनि हो भने अहिलेको अवस्था नै कायम रह्यो भने नत चितवनका चिकित्सकजस्तै घरमै नबसेर चितवनबासीलाई पुग्छ र नत बानेश्वसबासीलाई घरमा नबसेर पुग्छ । आखिर उनीहरु पनि घरमै बस्नुपर्ने बाध्यता छ । त्यो अवस्था आउन यही अवस्था कायमै रह्यो भने धेरै दिन नलाग्न पनि सक्छ । खोइ त्यो यथार्थ बुझेको ? 

यो सङ्क्रमितको घर हो भनेर लेखेर टाँस्दा समाज कति असामाजिक भइरहेको छ भन्ने देखाउँछ, यस्ता भेदभावजन्य क्रियाकलापले समाजमा धेरै नकारात्मक असर पार्छ । अनि यस्ता कार्यले सङ्क्रमण लुकाउने अवस्था आउने र यदि त्यस्तो भयो भने सिंगो समाज नै संक्रमित हुनसक्ने अवस्था आउँछ । त्यसैले पनि मनोसामाजिक समस्या बढ्ने हुँदा भेदभावजन्य क्रियाकलापमा संलग्न नहुन र त्यस्ता गतिविधि निरुत्साहित गर्नुपर्छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सरसफाईकर्मीलाई अग्रपङ्तिमा खटिने गरेको सबैलाई विदितै छ । उनीहरुलाई कसरी सर्यो भनेर कन्ट्रयाक्ट ट्रेसिङ गराउन सम्भव छैन । त्यसैले हामी आफैँ सावधानी अपनाउनु नै यसको महत्वपूर्ण उपचार हो । यो जान्दा जान्दै एकले अर्काेलाई यस्तो अवहेलना गर्नु के जायछ छ ? 

यस्ता हर्कतहरु देशका विभिन्न भागमा अहिले पनि दिनदिनै भइरहेका छन् । तर मानिस चत्दैनन् भोग्दैनन् । सुन्दैनन् होइन कि मान्दैनन् । जहिले पनि वर्षातको समयमा विषालू च्याउ खाएर मानिस मरेका समाचार नेपालमा आइरहेका हुन्छन् । तर प्रचार पनि कम भएको छैन । मिडियाले समाचार दिएकै हुन्छन् तर मानिसले च्याउ खान र मर्न पनि रोकेका छैनन् । अख्तियारले रंगेहात घुससहित पनि कर्मचारी पक्रेकै छ तर पनि त्यो काम गर्न मानिस छोड्दैन । त्यसैले यस्ता काम थाहा नपाएर या नजानेर नबुझेर गरेको होइन कि मानिस आफै मुर्ख बनेर गरिरहेको छ ।  

यो स्तरको सामाजिक चेतनाको कल्पना अहिलेको समयमा कसरी गर्ने ? अनि देशका दुरदराजमा चेतनाको कमी छ, अशिक्षा छ, अभाव छ या अरु के के छ भनेर राजधानीमा बसेर कसरी भाषण गर्ने ? हामीले राजधानीबाट अब कर्णालीका छाउ गोठ भत्काउ भन्न सुहाउँछ ? अब चेतनाको स्तर खोज्न कहाँ जाने ? नेपालको अनुसन्धानले भन्छ अहिलेका नेपाली करिब ८० प्रतिशत सामाजिक सञ्जालले सुसूचित हुन्छन् । अनि यी घटनाको त सामाजिक सञ्जालमा बडो विरोध आइरहेको छ हेर्दैनन् ? के बानेश्वर र चितवनमा फेसबुकको कमी छ ? त्यसैले थाहा नपाएर मानिस यस्ता हर्कत गरिरहेछ या नियतबस भनेर पनि छुट्याउन मुस्किल भयो । अनि अहिलेको हाम्रो समाज कोसँग लड्ने भन्नेमा हामीलाई नै दुःख छ– नागरिकको चेतनाको स्तरसँग कि कोरोनाको भाइरससँग ? 

जाँदाजाँदै कवि अर्जुन पराजुलीको यो कविता–
निकाल !
डाक्टरहरुलाई निकाल !!
नर्सहरुलाई निकाल !!!
घरबाट निकाल
अस्पतालबाट निकाल 
देशबाटै निकाल 
उनीहरुलाई ननिकाल्ने हो भने
तिमीहरुको ज्यान जोगिने खतरा छ !