२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अमेरिका युद्ध चाहन्छ भने हामी पनि लड्न तयार छौं’



अ+ अ-

एजेन्सी । विश्वलाई तेस्रो विश्वयुद्धबाट बचाउने दाबी गर्ने डोनाल्ड ट्रम्पले ट्यारिफ वार घोषणा गरेका छन् ।

सारा विश्व अमेरिकाको व्यापार युद्धको चपेटामा छ । ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत आयात शुल्क लगाए पनि चिनियाँ सामानमा २० प्रतिशत भन्सार छ ।

ट्रम्पको यो निर्णयको ती देशले उचित जवाफ दिएका छन् । क्यानडाले अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने चीनले पनि अमेरिकी सामानमा १० र १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

चीनले भने अमेरिकाले युद्ध चाहेमा अन्तिमसम्म युद्ध लड्न तयार रहेको बताएको छ ।

चीनले भन्यो, ‘फेन्टानिलका लागि अमेरिकामा कोही जिम्मेवार होइन, अमेरिका नै हो । अमेरिकी जनताप्रतिको मानवीय भावना र सद्भावनामा हामीले यो समस्या समाधान गर्न अमेरिकालाई सहयोग गर्न ठोस कदम चालेका छौँ तर हाम्रो प्रयासलाई स्वीकार गर्नुको सट्टा अमेरिकाले चीनलाई बदनाम गर्ने र दोष लगाउने प्रयास गरेको छ ।’

अहिले अमेरिकाले भन्सार बढाएर आफूमाथि दबाब र ब्ल्याकमेल गर्ने प्रयास गरिरहेको चीनले जनाएको छ । अमेरिकाले सहयोगको बदलामा आफूलाई सजाय दिएको चीनले जनाएको छ । सी जिनपिङको सरकारले भन्यो, ‘हामीलाई दबाब र धम्कीले काम गर्दैन ।’