२५ असार २०८३, बिहीबार
,
Latest
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अमेरिका युद्ध चाहन्छ भने हामी पनि लड्न तयार छौं’



अ+ अ-

एजेन्सी । विश्वलाई तेस्रो विश्वयुद्धबाट बचाउने दाबी गर्ने डोनाल्ड ट्रम्पले ट्यारिफ वार घोषणा गरेका छन् ।

सारा विश्व अमेरिकाको व्यापार युद्धको चपेटामा छ । ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत आयात शुल्क लगाए पनि चिनियाँ सामानमा २० प्रतिशत भन्सार छ ।

ट्रम्पको यो निर्णयको ती देशले उचित जवाफ दिएका छन् । क्यानडाले अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने चीनले पनि अमेरिकी सामानमा १० र १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

चीनले भने अमेरिकाले युद्ध चाहेमा अन्तिमसम्म युद्ध लड्न तयार रहेको बताएको छ ।

चीनले भन्यो, ‘फेन्टानिलका लागि अमेरिकामा कोही जिम्मेवार होइन, अमेरिका नै हो । अमेरिकी जनताप्रतिको मानवीय भावना र सद्भावनामा हामीले यो समस्या समाधान गर्न अमेरिकालाई सहयोग गर्न ठोस कदम चालेका छौँ तर हाम्रो प्रयासलाई स्वीकार गर्नुको सट्टा अमेरिकाले चीनलाई बदनाम गर्ने र दोष लगाउने प्रयास गरेको छ ।’

अहिले अमेरिकाले भन्सार बढाएर आफूमाथि दबाब र ब्ल्याकमेल गर्ने प्रयास गरिरहेको चीनले जनाएको छ । अमेरिकाले सहयोगको बदलामा आफूलाई सजाय दिएको चीनले जनाएको छ । सी जिनपिङको सरकारले भन्यो, ‘हामीलाई दबाब र धम्कीले काम गर्दैन ।’