५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने

अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने
अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।  

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भन्नुभएको छ– विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्नुहुने भएको छ । 

भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुहुने भएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजराय अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नुहुने छ । 

सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नुहुने भएको छ । त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरुका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुरााकानी गर्नु हुने बताइएको छ ।

विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्नुहुने भएको पनि सो विज्ञिप्तिमा जनाइएको छ ।

आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्धिपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दुरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ । 

यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ । 
–––