२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ मा अष्ट्रेलियाको नेतृत्व सम्हालेका स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

प्रतियोगिताको सेमिफाइनलमा भारतसँग पराजित भएको भोलिपल्ट क्रिकेट अष्ट्रेलियाले यसबारे घोषणा गरेको हो ।

मंगलबार भएको खेलमा अस्ट्रेलिया भारतसँग चार विकेटले पराजित भएको थियो । प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले टोलीको जिम्मेवारी सम्हालेका थिए ।

यद्यपि, उनले टेस्ट खेल्न भने जारी राख्नेछन् । स्मिथ टी–२० अन्तर्राष्ट्रियमा लामो समयदेखि टोलीबाट बाहिर रहेका छन् ।

स्मिथले अस्ट्रेलियाका लागि कुल १६९ एकदिवसीय खेल खेलेका छन् र ५७२७ रन बनाएका छन् । यस अवधिमा उनको औसत ४३.०६ र स्ट्राइक रेट ८७.१३ रहेको छ ।

एकदिवसीयमा उनको उत्कृष्ट इनिङ १६४ रन हो । उनले एकदिवसीय खेलमा ३४ अर्धशतक र १२ शतक प्रहार गरेका छन् ।

जारी च्याम्पियन्स ट्रफीमा स्मिथ लयमा थिएनन् । उनले तीन इनिङ्समा ४८.५० को औसतमा ९७ रनमात्रै बनाए । ७३ रन उनको उत्कृष्ट पारी थियो ।